वन कार्यालय दाङद्धारा मार्न लागेको चित्तल उद्धार

Author Logo..
२०७७ बैशाख ११ गते बिहिवार

तुलसीपुर, डिभिजन वन कार्यालय दाङले एउटा वन्यजन्तु चित्तलको जीवितै उद्धार गरेको छ । तुलसीपुर १५ पतकौलीस्थित घडेरीडाँडा सामुदायिक वन क्षेत्रबाट बिहीवार दिउँसो चित्तलको जीवितै उद्धार गरिएको कार्यालय प्रमुख दीपक ज्ञवालीले जानकारी दिए ।


गाउँ नजिकै रहेको वनमा चर्न आएको चित्तललाई गाउँका युवाहरुले शिकार गर्ने क्रममा घाइते बनाएको अवस्थामा चित्तलको उद्धार गरिएको उनले बताए । स्थानीय २ गाउँका युवाहरुले ४ वटा कुकुरको प्रयोग गरेर चित्तललाई लखेटी मार्न लागेको भन्ने सुचना पाएपछि ज्ञवालीको नेतृत्वमा गएको टोलीले चित्तललाई फेला पारेर हो ।

२ गाउँका युवाहरुले चित्तललाई पक्राउ गरेको र उक्त चित्तल मारेर लगाइने भागबण्डाको बिषयमा बिवाद भएपछि चित्तल पक्राउ गरिएको घटना बाहिर आएको थियो । युवाहरुले चित्तललाई पक्रेर सामुदायिक वन भवनको कोठामा थुनेको अवस्थामा फेला पारेको थियो ।

उद्धार गरिएको चित्तललाई अहिले डिभिजन वन कार्यालय दाङको उद्धार कक्षमा राखेर औषधि उपचार शुरु गरिएको कार्यालयले जनाएको छ । घटनामा संलग्न भएकाहरुको खोजी कार्य तीव्र पारिएको कार्यालयले जनाएको छ ।

लकडाउनको समयमा डिभिजन वन कार्यालय दाङले वन गस्तीलाई तीव्र पारेको छ । कार्यालयले लकडाउनको अवधिमा बिभिन्न १३ वटा घटनामा १४ जनालाई पक्राउ गरी अनुसन्धान गरिहेको जनाएको छ । यस अवधिमा ४ वटा टयाक्टर, ४ वटा मोटरसाइकल, २ वटा बन्दुक, गोली,बारुद, बरामद गरेको गरेको छ ।

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार