• २०७७ मङ्सिर ११ गते बिहिवार

घर हिड्का यात्रुलाई ब्यस्थीत गर्न चुनौति : पालिका प्रमुख

Author Logo..
अनलाइन राप्ती २०७७ बैशाख १० गते बुधवार


सुशील बस्नेत
दाङ,१० बैशाख
: कोभिड १९ ले जनजीवनमा पारेको असरका बारेमा स्थानीय तह र उद्योग बाणिज्य संघको भूमिकाका बारेमा भीडियो कन्फ्रेरन्स मार्फत बुधबार दाङमा संबाद गरिएको छ ।
संबाद समूहको आयोजनमा तुलसीपुर उपममहानगरपालिकाका मेयर घनश्याम पाण्डे,घोराही उपमहागनरपालिकाका मेयर नरुलाल चौधरी, लमही नगरपालिकाका मेयर कुलबहादुर केसी, दाङका उद्योग बाणिज्य संघका अध्यक्ष नारायण भुषाल,तुलसीपुर उद्योग बाणिज्य संघका अध्यक्ष बिरबहादुर रावत बिरु,देउखुरी उद्योग बाणिज्य संघका अध्यक्ष रत्नप्रसाद श्रेष्ठ र ब्यबसायीक तरकारी उत्पादक किसान बामदेब चौधरी बीच संबाद गरिएको हो ।


संबादमा सहभागि देउखुरी सिसहनीयाका किसान बामदेव चौधरीले किसानले उत्पादन गरेको ताजा तरकारीको बजारीकरण नहुदा खेर गईरहेको जानकारी दिए ।

स्थानीय तह बीच समन्वय हुन नसक्दा किसानहरुले उत्पादन गरेको ताजा तरकारी सडेर गईरहेको गुनासो गरे । करेसाबारीमा उत्पादन गरेका साना किसान र ब्यबसायीक खेति गर्ने किसानको तरकारी संकलन गरि बिक्रि गर्ने ब्यबस्था मिलाई आग्रह गरे । मल बिउ आवश्यक पर्ने समय आईपुगेकाले सर्बसुलभ तरिकाले उपलब्ध हुने हो वा होईन चिन्ताले सताईरहेको चौधरीले बताए ।
जिल्लामा कुल खेती योग्य जमीन ६९ हजार ९ सय ५० मध्ये धान ३७ हजार ७ सय १० हेक्टरमा र तरकारी कुल क्षेत्रफल ६ हजार ७७ हेक्टरमा हुन्छ । हिँउदे तरकारी ३७ हाजर १ सय २० मेट्रिक टन र बर्षे तरकारी २७ हजार १ सय ४५ मेट्रिक टन गरि कुल ७९ हजार २ सय ८७ मेट्रिक टन उत्पादन हुने कृषी ज्ञान केन्द्र दाङले जनाएको छ ।


सो अवसरमा तुलसीपुर उपमहानगरपालिकाका नगरप्रमुख घनश्याम पाण्डेले तरकारीलाई संकलन गरि राख्न कोल्ड स्टोर संचालनको लागि पहल गर्ने बताए । तुलसीपुरमा जम्मा ५० मेट्रिक टन स्टोर गर्ने सीत भण्डार रहेकोमा अव बढाउनुपर्ने बताए ।


दाङ उद्योग बाणिज्य संघका अध्यक्ष नारायण भुसालले स्थानीय सरकारका स्वामीत्वमा रहेका कोठा र सर्टरको भाडा लकडाउनको अवधिभर छुट हुनुपर्ने माग गरे ।


उनको जवाफमा नगरप्रमुख पाण्डेले तुलसीपुर उपमहानगरपालिकाले एक महिनाका लागि भाडा छुट दिने निर्णय गर्ने प्रबिद्धता जनाए । उपमहानगरपालिकाले कार्य नीति बनाई कुन कुन क्षेत्रमा छुट दिने बारेमा निर्णय गर्ने पाण्डेले बताए । उनले किसानहरुले खेतिका लागि प्रयोग गर्ने डिपबोरिङको बिद्युत महसुलमा ५० प्रतिसत छुट दिने पनि बताए ।

तुलसीपुर उद्योग बाणिज्य संघका अध्यक्ष बिरबहादुर रावत बिरुले स्थानीय तह बिचको समन्वयका अभावका कारण गन्तब्यमा पुग्न हिड्का यात्रुले सास्ती भोग्नु परेको बताए ।
उनले भने,देउखुरीले घोराही छोडिदिने र घोराहीले तुलसीपुर बजारमा सयौ यात्रुलाई छोडि दिदाँ तुलसीपुरलाई सल्यान,रुकुम,रोल्पा लगायतका जिल्लामा पु¥याउन जानुपर्ने बाध्यता रहेको बताए । यसका लागि घोराही,तुलसीपुर र लमही बिच समन्वय हुनुपर्नेमा जोड दिए ।


ती यात्रुलाई ब्यबसायीहरुले खानाको ब्यबस्था गर्छ, त्रिशिद्धेश्वरी राप्ती यातायात प्रालिले बसको ब्यबस्था गरिरहेको छ । बसका लागि डिजलको ब्यबस्था र उनीहरुलाई एकिकृत गर्न खुल्ला ठाँउको जिम्मा स्थानीय तहले लिनुपर्छ, रावतले भने ।


घोराही उपमहानगरपालिकाका मेयर नरुलाल चौधरीले किसानले उत्पादन गरेको बस्तु बिक्रिका लागि कसैले पनि नरोक्ने बरु सामाजीक दुरी कायम गर्नुपर्ने बताए ।
उनले अन्य पालिकामा बस्तु आपूर्तीका लागि समन्वय गरि ब्यबस्था मिलाईने बताए । उनले बिभिन्न जिल्लाबाट घोराही प्रबेश गरेका यात्रुलाई ब्यबस्थापन गर्न चुनौति बढ्दै गएको बताए ।

मेयर चौधरीले भने ,यो समस्या समाधानका लागि लमही नगरपालिका, घोराही उपमहानगरपालिका र तुलसीपुर उपमहानगरपालिका बिच राम्रो समन्वय हुनुपर्नेमा पर्छ ।
लमहीले चौपट्टामा यात्रुलाई छोडिदिने, घोराहीले कुईरेपानीबाट तुलसीपुरमा ल्याएर छोडिदिने गरिएको छ ।


यो कदापी राम्रो होईन, बजारमा लर्को लागि हिड्े भने संक्रमणको सम्भाबना पनि हुन्छ, त्यसैले बेलैमा समन्वय गरि ब्यबस्थापन गर्नुपर्छ, मेयर चौधरीले भने ।

प्रबिधिका कारण लमही नगरपालिकाका प्रमुख कुलबहादुर केसी र देउखुरी उद्योग बाणिज्य संघका अध्यक्ष रत्नप्रसाद श्रेष्ठले भिडीयो कन्फ्रेरन्समा आफ्ना कुराहरु राख्न सकेनन् र संबादको सहजीकरण बरिष्ठ सहजकर्ता सुशील बस्नेतले गरेका थिए ।
संबाद समूहले यसअघि बिभिन्न पक्षहरुसँग भीडियो कन्फ्रेरन्स मार्फत संबाद गराएको छ ।

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार