• २०७७ कार्तिक ४ गते मङ्गलवार

पश्चिम दाङबाट ४ जना सिकारी हतियार सहित पक्राउ

Author Logo..
अनलाइन राप्ती २०७७ बैशाख ९ गते मङ्गलवार


तुलसीपुर, ९ बैशाख : डिभिजन वन कार्यालय दाङको गस्ति टोलीले पश्चिम दाङबाट ४ जना सिकारीलाई हतियार सहित पक्राउ गरेको छ ।
मंगलबार दिउसो साढे ३ बजेतिर शान्तिनगर गाउँपालिका ५ स्थित हात्तिखाल सामुदायिक वन क्षेत्रबाट ४ जना सिकारी, १ थान भरुवा बन्दुक र ४ वटा मोटरसाइकल सहित पक्राउ गरिएको डिभिजन वन कार्यालय दाङका प्रमुख दिपक ज्ञवालीले जानकारी दिए ।

पक्राउ पर्नेमा शान्तिनगर गाउँपालिका ५ का मधु शाह, गंगाराम चौधरी, शुकराम चौधरी र रामबहादुर चौधरी रहेका छन । वन्यजन्तु सिकारी गर्नका लागि १५ जनाको टोली वन क्षेत्रमा प्रवेश गरेको सुकारी पाएपछि डिभिजन वन कार्यालय दाङबाट गएको टोलीले वनमा खोजी गर्दै जादा वन्यजन्तु मार्नका लागि तयारी अवस्थामा बसेका ४ जनालाई पक्राउ गरेको डिभिजनल अधिकृत ज्ञवालीले जानकारी दिए ।

डिभिजन वन कार्यालयबाट २२ जनाको टोली गस्तिमा गएको थियो । वन क्षेत्रको ५ स्थानमा लुकेर जनावर मार्ने घाट बनाएको सूचनाका आधारमा वन क्षेत्रमा खोजतलास गरिएपछि थप सिकारी पक्राउ नपरेको ज्ञवालीले बताए । सहायक वन अधिकृत सिद्धान्त बरालको नेतृत्वमा टोलीले सिकारीलाई पक्राउ गरेको र अरु सिकारीहरु समेत वन क्षेत्रमा भएको सूचना पाएपछि डिभिजन वन कार्यालयले प्रहरीको सहयोग मागेको थियो ।

प्रहरी निरिक्षकको नेतृत्वमा ८ जना प्रहरी र वनकर्मीहरुले वन क्षेत्रमा खोजतलास गरेका थिए ।

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार