• २०७७ फाल्गुन १८ गते मङ्गलवार

शान्तिनगर २ मा ३५ घरपरिवारलाई राहत वितरण

Author Logo..
अनलाइन राप्ती २०७७ बैशाख ९ गते मङ्गलवार

झग्गु भण्डारी
शान्तिनगर , ९ वैशाख :
दाङको शान्तिनगर गाउपालिका २ सिमसुन्दरपुर तथा बिष्णपुरमा ज्याला मजदुरी गरि खाने ३५ परिवारलाई मंगलवार खाद्यान्न तथा मास्क बितरण गरिएको छ ।

समाजसेवि तथा ब्यापारी बेगेन्द्र शाह , अभियान बस्नेत र होम प्रसाद गौतमको संयुक्त आर्थिक सहयोग तथा स्थानिय समाजसेवि युवा बिमल खड्काको सकृयतामा अति बिपन्न समुदायका करिब ३५ घरपरिवारलाई अत्याबश्यक खाद्यान्न समाग्री तथा मास्क बितरण गरिएको हो ।

लकडाउनका बेला ज्याला मजदुरी गर्ने करिब ३५ घरपरिवारलाई स्थानिय तहले बितरण गरेको पहिलो चरणको खाद्यान्न सकिनै लागेको जानकारी आफुले पाएपछी अलिकति सहयोग गरेको उनले बताए ।

जसमा ५०० किलो चामल , ३५ किलो दाल, ३५ लिटर तेल र २०० मास्क रहेको थियो ।

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार