• २०७७ फाल्गुन २३ गते आइतवार

तुलसीपुर उपमहानगरमा २२३३ जना दिर्घरोगी

Author Logo..
अनलाइन राप्ती २०७७ बैशाख ९ गते मङ्गलवार

तुलसीपुर, ९ बैशाख : तुलसीपुर उपमहानगरपालिकाले १९ वटै वडामा रहेका दिर्घरोगीहरुको तथ्यांक संकलन गरेको छ । उपमहानगरमा २२ सय ३३ जना दिर्घरोगी रहेको जनस्वास्थ्य प्रवर्द्धन शाखाका जनस्वास्थ्य निरीक्षक विमल केसीले बताए ।

लकडाउनको समयमा औषधिको अभाव नहोस् भन्नका लागि उपमहानगरपालिकाले यस्ताको तथ्यांक लिएको हो । उपमहानगरपालिकाले बिरामीहरुलाई सहज ढंगले औषधि उपलब्ध गराउनका लागि तथ्यांक लिएर काम अगाडि बढाएको समेत उनले बताए ।

केसीका अनुसार मुटु तथा उच्च रक्तचाप भएका ११६८ जना, मधुमेहका ४३९ जना, श्वासप्रश्वासजन्य रोगका ४५१ अन्य १७५ जना गरेर २२ सय ३३ जना रहेका छन ।

पवननगर स्वास्थ्य चौकीमा ७७ जना, तकियापुरमा १२७, प्रतापकोटमा २४, रानागाउँमा १६६, हलवारमा ९४, गोलौरामा १५, पर्सेनीमा ७७, दोघरेमा, २५३, भिमसेनमा , १६६, टरिगाउँमा २०१, उरहरीमा २८०, हेमनगरमा ७३, फुलवारीमा ४१, ड्वागपुरमा १९८, डुरुवामा ९३, लक्ष्मीपुरमा ४२, मानपुरमा १२२, हेमन्तपुरमा ७५, विजौरीमा ८० र छिल्लिकोटमा ७ जना रहेको केसीले बताए ।

त्यसैगरी स्वास्थ्य संस्था द्वारा METFORMIN 500MG र AMLODIPINE 5 MG औषधी उपलब्ध गराउने र त्यस बाहेक अन्य औधषीको लागी ९८५७८३५०६० र ९८४४९१३९८१ म सम्पर्क गर्न समेत उनले अनुरोध गरेका छन् ।

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार