राप्तीमा दोस्रो चरणको स्थानीय सरकारको राहत वितरण सुरु

Author Logo..
अनलाइन राप्ती २०७७ बैशाख ८ गते सोमवार

देउखुरी दाङ, ८ बैशाख : राप्ती गाउँपालिकाका वडाहरुले कोरोना भाईरसको संक्रमण रोक्न सरकारले गरेको लकडाउनका कारण प्रभावित विपन्न वर्गका घरपरिवारलाई दोस्रो चरणको स्थानीय सरकारको राहत वितरण सुरु गरेका छन् ।


सोमवार बाट राप्ती गाउँपालिकाका सबै वडाहरुमा विपन्न तथा लगडाउनबाट प्रभावित घरपरिवारलाई चामल, नुन, तेल लगाएतका सामग्री वितरण सुरु गरिएको हो ।
सोमवार वडा नं २ बाट सुरु गरिएको राहत सामाग्रीमा परिवार संख्याको आधारमा १० देखी २५ किलो चामल, १ देखी २ किलो दाल, १ देखी २ लिटर खाने तेल, १ पोका नुन र १ देखी २ वटा हात धुने सावन वितरण सुरु गरिएको छ ।


वडा नं २ मा ५ सय बढि गरिव विपन्न र दैनिक मजदुरी गरि जिवनयापन गर्ने परिवार तथा असाय असक्त्त परिवारलाई राहत सामाग्री वितरण गरिने वडा अध्यक्ष जगत बहादुर थापाले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार