• २०७७ कार्तिक ६ गते बिहिवार

सिसहनियाँ उद्योग वाणिज्य संघद्धारा खाद्य बैकंमा एक लाख बढिको राहत प्रदान

Author Logo..
अनलाइन राप्ती २०७७ बैशाख ८ गते सोमवार


तिर्थराज ज्ञवाली
देउखुरी दाङ, ७ बैशाख :
दाङको राप्ती गाउँपालिकामा रहेको सिसहनियाँ उद्योग वाणिज्य संघले गरिव तथा विपन्न वर्ग लाई सहयोग पुग्ने गरि गाउँपालिकालाई राहत सामाग्री हस्तान्तरण गरेको छ ।
कोरना विशेष राहत संकलनको क्रममा सिसहनियाँ उद्योग वाणिज्य संघले राप्ती गाउँपालिकाले स्थापना गरेको सिसहनिया खाद्य बैकंमा १ लाख ६ हजार ७ सय ४० रुपैया बरावरको राहत सामग्री प्रदान गरिएको संघका अध्यक्ष शान्तराज भण्डारीले बताए ।


राहत सामाग्री हस्तान्तरणको क्रममा गाउँपालिका उपाध्यक्ष जगदम्वा कुमारी चौधरी, वडा अध्यक्षहरु गोवर्धन रावत, बेद प्रसाद चौधरी, विद्याशरण चौधरी, वडा सदस्य विष्णु गुरुङ लगायतले सिसहनियाँ उद्योग वाणिज्य संघलाई धन्यवाद ज्ञापन गरे ।


कोरोना भाईरसको संक्रमण रोक्न सरकारले गरेको लकडाउनको कारण प्रभावित वडा नं ५, ६, ७ र ८ का नागरिकलाई उपलब्ध गराउने गरि दैनिक उपभोग्य सामाग्री चामल, तेल, दाल, नुन, आलु, खुर्सानि उपलब्ध गराएको महासचिव ईश्वरीप्रसाद अधिकारीले जानकारी दिए ।
विश्व व्यापी रूपमा फैलिएको कोरोना भाइरस कोभिड १९ को जोखिमलाई मध्यनजर गरि नेपाल सरकारले लकडाउन गरेपछि नागरिकहरुमा खाद्य सामाग्रीको अभावलाई पुर्ति गर्न चामल २ हजार किलो, नुन १ सय किलो, तेल ४४ पोका, दाल ९ किलो र ४५० रुपैया बरावरको आलु, खुर्सानि खाद्य बैकमा उपलब्ध गराईएको सचिव मदन पोख्रेलले बताए ।


आपत विपतमा परेका आफ्नै गाउँठाउँका आफ्नै ग्राहकहरुलाई मानविय मनसायका साथ सिसहनिया उद्योग बाषिज्य संघमा आवद्ध ब्यवसायीहरुवाट उठाईएको खाद्य सामाग्रीहरु गाउँपालिकाको एकद्धार प्रणालीद्धारा वितरण गर्ने उदेश्यले वडा नं ५, ६, ७ र ८ का जनप्रतिनिधिको रोहवर तथा गाउँपालिका उपाध्यक्ष जगदम्वा कुमारी चौधरीलाई खाद्य सामाग्री हस्तान्तरण गरिएको संघका सल्लाहकार भागवत ज्ञवाली भानुले बताए ।

राहत सामाग्री हस्तान्तरणको क्रममा सिसहनियाँ उद्योग वाणिज्य संघका उद्योग उपाध्यक्ष युवराज सिंह ठकुरीले गाउँपालिकाले समग्र गरिव विपन्नको उच्चतम छानविन गरि राहत सामाग्री वितरण गर्न अनुरोध समेत गरे ।

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार