• २०७७ कार्तिक ६ गते बिहिवार

तुलसीपुरका ३ वटा मस्जिदहरुमा अनुगमन

Author Logo..
अनलाइन राप्ती २०७७ बैशाख ७ गते आइतवार


तुलसीपुर, ७ बैशाख : तुलसीपुर उपमहानगरपालिका भित्र रहेका मस्जिदहरुको अनुगमन गरिएको छ । देशका विभिन्न भागमा रहेका मस्जिदहरुमा संक्रमित मुस्लिमहरु लुकेर बसेको भन्ने सूचनाका आधारमा आइतवार अनुगमन गरिएको हो ।

तुलसीपुरमा रहेका ३ वटा मस्जिदहरु अनुगमन गर्दा कोही पनि लुकेर बसेको पाएको थिएन् । राष्ट्रिय सभा सदस्य जगप्रसाद शर्मा, प्रतिनिधि सभा सदस्य हिराचन्द्र केसी, तुलसीपुरका मेयर घनश्याम पाण्डे, संविधान सभा सदस्य अनारकली मियाँ लगाएतले अनुगमन गरेका थिए । अनुगमनका क्रममा मस्जिदमा मौलाना (पुजारी) मात्रै रहेको पाइएको मेयर पाण्डेले बताए । उनले तत्काल कोही भारत गएको वा नगएको भन्ने बारेमा जानकारी लिएको समेत बताए ।

मुस्लिम समुदायका मानिसहरुले कोरोना संक्रमण बढेसँगै घरमै बसेर नमाज पढ्न थालेको बताएका थिए । उनीहरुले विभिन्न समुदायबाट आफुहरुप्रति गलत दृष्टिकोण राखिएको समेत बताए । त्यसैगरी संविधान सभा सदस्य अनारकली मियाँले मुसलीम समुदायहरुलाई समाज नराम्रो भ्रमहरु फैलाउने काम भएकोमा दुख लागेको बताईन् ।

उनले समाजमा आपसी सद्भावलाई बिथोल्ने काम भैरहेको बेला त्यसलाई चिर्नको निम्ती आफुहरुले नै तुलसीपुरमा रहेका मस्जिदहरुमा अनुगमन गरेको समेत बताए ।
त्यसैगरी ओहिद सिद्धिकीले मस्जिदमा कोही पनि नआएको भन्दै कोरोना संक्रमणका बारेमा आफुहरु जानकार रहेको समेत बताए ।

उनले चैत १२ गतेदेखी मस्जिदहरुमा नमाज पढ्न बन्द गरेको समेत बताए । तुलसीपुरमा तुलसीपुर ६ पुरानो बसपार्कमा नेपाली जामे मस्जिद,अबु बकर मस्जिद र वडा नम्वर ५ मा रहेको फैजाने मुस्तफा मस्जिद रहेका छन् ।

अनुगमनमा क्रममा उनीहरुले जुनसुकै बेला पनि मस्जिदको अनुगमन गर्न सकिने बताएका थिए ।

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार