माटोको ढिस्कोले पुरिएर एक किशोरीको मृत्यु

Author Logo..
अनलाइन राप्ती २०७७ बैशाख ७ गते आइतवार

दाङ, दाङमा माटोको ढिस्कोले पुरिएर एक किशोरीको मृत्यु भएको छ । गढवा गाउँपालिका ७ मानपुर निवासी १८ बर्षीया शर्मिला परियारको घर लिप्ने माटो खन्ने क्रममा माथिबाट झरेको ढिस्कोले पुरेको थियो ।

शनिवार बेलुका ५ बजेतिर घरनजिकै घर लिप्ने माटो खन्न गएकी परियारलाई माथिबाट झरेको ढिस्कोले पुरेको थियो । ढिस्कोले पुरिएर गम्भीर घाइते भएकी उनको उपचारका क्रममा मृत्यु भएको हो ।

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार