• २०७७ कार्तिक ६ गते बिहिवार

तुलसीपुरमा पैदल यात्रीलाई भोजन, आवास र यातायातको ब्यबस्था

Author Logo..
अनलाइन राप्ती २०७७ बैशाख ६ गते शनिवार


तुलसीपुर, ६ बैशाख : तुलसीपुर उद्योग बाणिज्य संघको अगुवाईमा दाङ जिल्लामा क्रियाशिल दशवटा सामाजिक संस्थाहरुले पैदल यात्रीहरुलाई शनिवारदेखी खाना , बस्न र गन्तब्य सम्म जान गाडिको ब्यबस्थापन गर्न सुरुवात गरेका छन । देशभरबाट गन्तब्य सम्म पैदल हिडेर तुलसीपुर आईपुगेका पैदल यात्रीहरुलाई यहाँ सामाजिक संघ संस्थाहरुको सामुहिक प्रयासपछि अरणीको मैदान र नजिकै रहेको श्री गणेश पार्टी प्यालेसमा ब्यबस्थापन गर्न सुरु भए सगैं शनिबार पहिलो दिन मात्रै करिब २७५ जनाले खाना खाएका छन ।

बिहान सामाजिक दुरि कायम राख्दै उद्योग बाणिज्य संघमा आयोजना गरिएको संघ संस्थाहरुका अध्यक्षहरुको बैठकले लकडाउन अबधिभर एक छाक खाना, पानी, बिस्कुटको ब्यबस्थापन गर्न सबैले सहयोग गर्ने बताए लगत्तै मेसमा खाना पकाउन सुरु गरिएको थियो ।


सल्यान छत्रेश्वरीका युवराज खत्रीले धादिङबाट साढे ३ दिनको तुलसीपुर आईपुगेको बताए । उनले तुलसीपुरमा आउँदा खाना र गाडिको ब्यवस्था भएकाले आफु धेरै खुशी भएको बताए । धादिङको ईट्टा उद्योगका काम गर्न गएको ३ महिना भएको बताउँदै लकडाउन शुरु भएपछि उद्योग बन्द भएको र आफुहरुले त्यहाँको स्थानिय सरकारले राहत नदिएपछि पदैल हिडेर आउनु परेको समेत गुनासो गरे ।

त्यसैगरी सल्यान कालिमाटीका गिरीराज पुलामी पनि काम गर्न काभ्रे गएको ३ महिना भएको थियो । लकडाउनका कारण काम बन्द भएपछि त्यहाँको पदैल तथा गाडिमा गरी आएको बताए । ३ महिना काम गर्दा गाडि भाडा लिएर मात्र आएको समेत उनले बताए । तुलसीपुर उद्योग बाणिज्यसंगको पहलमा स्थानिय सरकार तुलसीपुर उपमहानगरपालिका ,स्थानिय प्रशासन र सुरक्षा निकाय संगको समन्वयमा “मानबिय सेवा आजको आबश्यकता “भन्ने मुल मान्यता अनुसार सेवा शुभारम्भ गरिएको हो ।

तुलसीपुर उद्योग बाणिज्य संघका निबर्तमान अध्यक्ष बिमल रिजालले मानविय सेवा पहिलो धर्म भएको भन्दै यो बिषम परिस्थितिमा एक आपसमा सहयोगीको भुमिका खेलेको बताए । उनले लकडाउन अबधिभर मेसमा चलाई रहने र यात्रुहरुलाई गन्तब्य सम्म पु¥याउनको लागी पश्चिममा दाङको बबई गाउँपालिका सम्म र सल्यानको श्रीनगरसंग यातायातको ब्यबस्था गरेको उनले बताए ।

यता तुलसीपुर वडा नम्बर ५ का वडाध्यक्ष विरेन्द्र कुमार लकडाउन भएको दोस्रो दिन देखी पदैल यात्री र बजारका सडकमा पाईने जनवारहरुलाई ब्यक्तिगत रुपमा खाना खुवाउँदै आएको बताए । पदैल यात्रीहरुलाई गन्तब्य सम्म पु¥याउन त्रिसिद्धेश्वरी राप्ती यातायात प्रालि लगाएतका यहाँ अन्य प्रालिहरुले निशुल्क गाडिको ब्यवस्था गरेका छन् भने, उनीहरुको स्वास्थ्य चेक जाँच गर्ने मास्क दिईने गरिन्छ, यदि कुनै पनि यात्रीलाई स्वास्थ्यमा समस्या देखिए तुलसीपुरको रक्षाचौरमा रहेको क्वारेन्टाइनमा राखिने तुलसीपुर उपमहानगरपालिकाका जनस्वास्थ्य निरिक्षक विमल केसीले बताए ।

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार