• २०७७ फाल्गुन १८ गते मङ्गलवार

वनको गस्ति टोलील पश्चिम दाङको जंगलबाट बन्दुक र गोली बरामद

Author Logo..
अनलाइन राप्ती २०७७ बैशाख ६ गते शनिवार


दाङ, वनको गस्ति टोलीले पश्चिम दाङमा सिकार गर्न प्रयोग गरिएको एक नाल भरुवा बन्दुक, बारुद र त्यसमा प्रयोग गरिने गोली बरामद गरेको छ । वनको गस्ति टोलीले बबई गाउँपालिका ७ हुरुमसल्लेरी र सातपोखरी सामुदायिक वन क्षेत्रको सिमानाबाट एक नाल भरुवा बन्दुक, त्यसमा प्रयोग गरिने बारुद, २ थान सिसा गोली, १ थान गोली बेरिड, २ थान बेलनाकार बेरिङ बरामद गरेको डिभिजन वन कार्यालय दाङले जनाएको छ ।

सो क्षेत्रमा चोरी सिकारी हुने गरेको सुराकीका आधारमा शुक्रवार पुरनधारा सव डिभिजन वन कार्यालयबाट गएको वन गस्ति टोलीले सिकारीले प्रयोग गर्ने सामान बरामद गरेको डिभिजन वन कार्यालय दाङका प्रमुख दिपक ज्ञवालीले बताए । वन गस्ति टोलीलाई देखेपछि सिकारी बन्कुद फालेर भागेको हुनसक्ने उनले बताए ।

घटना लगत्तै डिभिजन वन कार्यालय दाङबाट गएको थप गस्ति टोली र पुरन्धारा सव डिभिजन वन कार्यालयको गस्ति टोलीले वन क्षेत्रमा खोजी गर्दा सिकारीले वन्य जन्तु मार्नका लागि लुक्न बनाएका छाप्रा समेत फेला पारेको सहायक वन अधिकृत सिद्धान्त बरालले बताए ।

कोरोनाको माहामारीमा पनि डिभिजन वन कार्यालयले रात्री र दिउँसोको समयमा विभिन्न गस्ति समूह बनाएर वनमा परिचालन गरेको छ ।

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार