• २०७७ कार्तिक ११ गते मङ्गलवार

विभिन्न्न ठाउँबाट दाङको तुलसीपुर आएका १०९ जना पैदल यात्रुको उद्धार

Author Logo..
अनलाइन राप्ती २०७७ बैशाख ५ गते शुक्रवार


शरद रेग्मी
तुलसीपुर,५ बैशाख
: दाङको तुलसीपुरमा विभिन्न ठाउँबाट आइपुगेका नागरिकहरुलाई तुलसीपुर उपमहानगरपालिकाको पहलमा उनीहरुको गन्तव्यसम्म पु¥याइएको छ । रोजगारीको सिलसिलामा पोखरा, गोरखा, सिन्धुपाल्चोक,धादिङ, काठमाडौ पुगेका विभिन्न कामदारहरुलाई तुलसीपुरबाट उद्धार गरिएको हो ।

उनीहरुलाई उपमहानगरपालिकाको पहलमा सल्यान ,रुकुम र बबई गाउँपालिकासम्म पठाइएको तुलसीपुर उपमहानरपालिका जनस्वास्थ्य निरिक्षक विमल केसी बताए । तुलसीपुरको विरेन्द्र चोकमा अलपत्र अवस्थामा रहेका १ सय ९ जनालाई सम्बन्धित पालिकाको सहकार्यमा गन्तव्य सम्म पु¥याइएको हो ।

अलपत्र परेका यात्रुका बारेमा सम्वन्धित गाउँपालिकामा खबर गरेर पठाइएको पनि उनले बताए । यात्रुहरुलाई पठाउनका लागि त्रिसिद्धेश्वरी राप्ती प्रालिले बस सहयोग गरेको थियो भने सम्वन्धित गाउँपालिका र तुलसीपुर उपमहानगरपालिकाले पनि गाडिको व्यवस्था गरेको थियो ।

उनीहरु १० दिनसम्म हिडेर तुलसीपुर आएका थिए । यात्रुहरुलाई तुलसीपुर उद्योग वाणिज्य संघले सास्क उपलब्ध गराएको थियो,भने तुलसीपुर वडा नम्बर ५का वडाध्यक्ष विरेन्द्र शाह लगाएत विभिन्न समाजसेवीहरुले खानाको व्यवस्था गरेका थिए ।

तुलसीपुर उपमहानगरपालिका घोराहि उपमहानगर ,नगरप्रमुख, प्रमुख जिल्ला अधिकारी ,जिल्ला प्रहरी प्रमुख, त्रिसिद्धेश्वरी राप्ती प्रालि र तुलसिपुर उद्योग बाणिज्य सघं र जिल्ला ट्राफिक कार्यालयको सहकार्यमा पैदल यात्रीलाई गन्तब्य सम्म पु¥याउने सामुहिक प्रयासको शुक्रबारदेखि सुरु भएको तुलसीपुर उद्योग बाणिज्य संघका अध्यक्ष बिर बहादुर रावतले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार