• २०७७ फाल्गुन १५ गते शनिवार

कोभिड १९ र पत्रकारहरुको भूमिकामा संबाद

सरकारले एकद्धार प्रणालीबाट सूचना उपलब्ध गराउनु पर्छ : महासंघका बरिष्ठ केन्द्रिय उपाध्यक्ष : पोख्रेल
Author Logo..
अनलाइन राप्ती २०७७ बैशाख ५ गते शुक्रवार


दाङ,५ बैशाख : कोभिड १९ र पत्रकारहरुको भूमिकामा भिडियो कन्फ्रेरन्स मार्फत शुक्रबार संबाद गरिएको छ । संबाद समूहको आयोजनामा नेपाल पत्रकार महासंघका बरिष्ठ केन्द्रिय उपाध्यक्ष बिपुल पोख्रेल,महासंघ दाङका अध्यक्ष सबिन प्रियासन,सामूदायिक रेडियो प्रसारक संघका प्रदेश ५ संयोजक केपी घिमिरे,बिबिसी नेपाली सेवाकी बसुन्धरा गौतम,नयाँ युगबोध राष्ट्रिय दैनिकका लक्ष्मी आचार्य,कान्तिपुर टेलिभिजनका रोषणमान श्रेष्ठ र सेतोपाटी अनलाईनका नारायण खड्कासंग भिडियो कन्फ्रेरन्स मार्फत संबाद गरिएको हो ।


संबादमा बोल्दै महासंघका बरिष्ठ केन्द्रिय उपाध्यक्ष बिपुल पोख्रेलले सरकारले एकद्धार प्रणालीबाट सूचना उपलब्ध गराउनुपर्ने बताए । उनले भने,‘सूचना लिन पत्रकारहरुलाई निकै सकस भएको र बिश्वसनीयताको कुरा पनि आउने भएकाले एकद्धार प्रणालीको अबश्यता रहेको छ । राज्यका बिभिन्न निकायले के गर्दैछन्,भन्ने बारेमा आम नागरिकलाई जानकारी गराउनुपर्ने दायित्व हो तर गरेका छैनन् ।’

किसानका लागि मल,बिउ,स्वास्थ्य मन्त्रालयले औषधी र उपचार,आपुर्ति मन्त्रालयले जिल्ला जिल्लामा बस्तुको आपुर्तिको ब्यबस्था कसरी गरि रहेका छन्,कयौ निकाय छन्,तिनीहरुले गरिरहेको जानकारी आम नागरिकलाई गराउनुपर्छ,पोख्रेले भने ।


कोरोना भाईरस संक्रमणको सुरक्षा सर्तकता अपउनाउदै सूचना दिने कार्यमा जोडि राख्न आमसञ्चारकर्मीहरुलाई आग्रह गरे । सूचना संकलन गर्दा अग्रपंक्तिमा रहने पत्रकारका लागि सरकारले पीपीईको ब्यबस्था गर्नुपर्ने बताउंदै ,मौलिक हकलाई कार्यान्वयन गर्न सरकारलाई आग्रह गरे ।


दुई छाक जोड्न नसक्ने पत्रकार, श्रमीक तथा बिपन्न समूदायलाई राहत उपलब्ध गराउन उनले आग्रह गरे । लकडाउन शुरु भएदेखि प्रधानमन्त्री केपी शर्माले ३ पटक सम्बोधन गर्नुभयो । तर नेपाल पत्रकार महासंघले सरकारसंग राखेका मागका बिषयमा सम्बोधन हुन अझै नसकेको बरिष्ठ उपाध्यक्ष पोख्रेलले गुनासो गरे ।
नेपाल पत्रकार महासंघ दाङका अध्यक्ष सबिन प्रियासनले जिल्लामा क्रियाशिल पत्रकारहरुको स्वास्थ्य अबस्थाका बारेमा जानकारी लिई रहेको बताए। उनले त्यस बाहेक दैनिक छाक टार्न सक्ने अबस्थाका बारेमा पनि दाङका श्रमजीबि पत्रकारहरुको बारेमा चासो लिई रहेको बताए ।

त्यसैगरी सामूदायिक रेडियो प्रसारक संघका प्रदेश ५ संयोजक केपी घिमिरेले जनसरोकारका बिषयमा संघिय सरकार,प्रदेश सरकार र स्थानीय सरकार बिचको समन्वयको भूमीका खेल्न संबाद समूहलाई आग्रह गरे ।

उनले लकडाउन पून थप हुन गए,सामूदायीक रेडियो अधिकासं बन्द हुन सक्ने आशंका ब्यक्त गरे ।
त्यसैगरी बिबिसी नेपाली सेवाकी बसुन्धरा गौतमले सञ्चार क्षेत्रसंग स्थानीय हहरुले प्रभाबकारी समन्वय गर्न नसक्दा पालिकामा सञ्चालनमा ल्याएका क्वारेन्टाईन खालि खालि भएको हुन सक्ने बताईन् ।

उनले सञ्चारकर्मीहरुसंगको समन्वयमा पालिकाहरुले कोरोना भाईरस संक्रमणको सर्तकताका लागि सहकार्य गर्नु पर्नेमा जोड दिईन् । त्यसैगरी युगबोध राष्ट्रिय दैनिककी लक्ष्मी आचार्यले आईसोलेसन र क्वारेन्टाईनका बारेमा स्पष्ट जानकारी आम नागरिकलाई गराउन नसकिएको हो कि भन्ने बताईन् ।

उनले कुष्ट रोग जस्तो नागरिकहरुले सोचे र आम सञ्चार माध्यमबाट त्यसलाई स्पष्ट पार्न सक्नुपर्नेमा जोड दिईन्। उनले पत्रकारहरुले स्थलगत रिपोटिङ गर्नुपर्ने तर सुरक्षित हुनुपर्ने जोड दिईन् ।

त्यसैगरी कान्तिपुर टेलिभिजनका रोषणमान श्रेष्ठले झण्डै ३६ सय बढी बिदेशबाट आएका छन् । तर क्वारेन्टाईनमा ४०÷५० जना मात्र बसेका छन् । त्यसकारण क्वारेन्टाईन र आईसोलेसन पनि सुबिधा सम्पन्न छन् भन्ने कुरामा सञ्चारमाध्यमले प्रकासन हुनु पर्ने सुझाब दिए । उनले भने, दाङका बजारबाट कसैले होम डेलिभरी त कसैले निश्चित समय तोक्ने अव एकरुपता ल्याउनु पर्छ ।

त्यसैगरी सेतोपाटी अनलाइनका नारायण खड्काले स्वास्थ्य सुरक्षा सामाग्री हुन नसक्दा फिल्ड रिपोटिङमा समस्या आएको बताए । क्वारेन्टाईन र आईसोलेसनको समाचार बनाउन जादाँ स्वास्थ्य सुरक्षा सामाग्री पी.पी.ई. नहुदाँ प्रबेश गर्न नपाईएको बताए।

त्यस बाहेक सञ्चार संस्थामा कोरोना भाईरसको संक्रमणबाट सुरक्षित हुने अबस्था छैन् । त्यसकारण संचार संस्थामा काम गर्ने श्रमजीबिका लागि स्वास्थ्य सुरक्षा सामाग्रीको ब्यबस्था मिलाउनु पर्ने उनको भनाई थियो । संबादको सहजिकरण बरिष्ठ सहजकर्ता सुशील बस्नेतले गरेका थिए । संबाद समूहले यसअघि बिभिन्न पक्षहरुसँग भीडियो कन्फ्रेरन्स मार्पmत संबाद गरेको छ ।

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार