• २०७७ मङ्सिर ११ गते बिहिवार

प्रदेश ५ भित्र आएका सबैलाई क्‍वारेन्टाइनमा राख्‍न मुख्यमन्त्री पोखरेलको निर्देशन

Author Logo..
अनलाइन राप्ती २०७७ बैशाख ५ गते शुक्रवार

बुटवल , ५ बैशाख : प्रदेश ५ सरकारले आफ्नो प्रदेशमा प्रवेश गरेका नागरिकलाई क्वारेन्टाइनमा राख्ने भएको छ। प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले घर जानका लागि प्रदेश ५ भित्र आइपुगेका नागरिकलाई नजिकैको क्वारेन्टाइनमा राख्न प्रहरीलाई निर्देशन दिएका हुन्।

लकडाउनका कारण समस्यामा परेका केही नागरिक मुलुकका विभिन्न ठाउँबाट पैदल हिँडेर आ–आफ्नो घरतर्फ गईरहेका खबरहरू आइरहेका बेला मुख्यमन्त्रीको यस्तो भनाइ आएको हो।

शुक्रवार बिहान सामाजिक सञ्जाल फेसबुकमार्फत उनले क्वारेन्टाइनमा खानेबस्ने व्‍यवस्था रहेको पनि बताएका छन्। मुख्यमन्त्री पोखरेलले “घर जान भनेर प्रदेश ५ भित्र आइपुग्नुभएका सबै प्रहरीको सहयोगमा नजिकै रहेको क्वारेन्टाइनमा गइदिनु होला, त्यहाँ खाने बस्ने व्यवस्था छ”, फेसबुकमा लेखेका छन्।

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार