• २०७७ फाल्गुन १२ गते बुधवार

तुलसीपुरका युबा ब्यससायीको टिमद्धारा १ लाख अढि आर्थिक सहयोग

Author Logo..
अनलाइन राप्ती २०७७ बैशाख ५ गते शुक्रवार

तुलसीपुर , ५ बैशाख : तुलसीपुरका केही युवा ब्यवसायीहरुको टिमले कोरोना संक्रमणको उद्धार र व्यवस्थापनका लागि तुलसीपुर उपमहानगरपालिकाले स्थापना गरेको राहत कोषमा एक लाख बढि आर्थिक सहयोग गरेका छन् ।


कोरोना महाबिपतिको समयमा कोहि नागरिकहरु रोग र भोकले मर्न नपरोस भन्ने उद्धेश्यले तुलसीपुर मेयर बिपद् ब्यवस्थापन कोषमा तुलसीपुरका युबा ब्यबसायी सुरेश हमाल, रामप्रसाद चालिसे, यमबहादुर बिसी, बसन्त केसी, निर्मल बस्नेत, चेत बहादुर केसी, हरिलाल पौडेल, रामचन्द्र केसी, संजय पराजुली र डिल्ली केसीको टिमद्वारा शुक्रवार १ लाख ११ हजार १११ रुपैयाँ मेयर घनश्याम पाण्डेलाई हस्तान्तरण गरेका हुन् ।

उपमहानगरपालिकाले ५० लाख रकम जम्मा गरेर स्थापना गरेको कोषमा विभिन्न व्यक्तिहरुले सहयोग गर्दै आएका छन् ।

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार