• २०७७ मङ्सिर ११ गते बिहिवार

तुलसीपुरको रक्षाचौर क्वारेन्टाइनबाट ४ जना डिस्चार्ज

Author Logo..
अनलाइन राप्ती २०७७ बैशाख ५ गते शुक्रवार

तुलसीपुर, ५ बैशाख : तुलसीपुरको रक्षाचौरमा रहेको क्वारेन्टाइनमा बसेका ४ जनालाई होम क्वारेन्टाइनमा रहने गरी घर पठाईएको छ । क्वारेन्टाइनमा बसेका तुलसीपुर १४ का ३ जना तुलसीपुर १५ का १ जनलाई शुक्रवार घर पठाइएको उपमहानगरका जनस्वास्थ्य निरिक्षक विमल केसीले बताए ।

उनीहरु चैत १५ गते भारतको दिल्लीबाट आएका थिए । उनीहरु चैत २१ गते क्वारेन्टाइनमा बसेका थिए ,उनीहरुको १४ दिन पछि ¥यापिड डायग्नोष्टिक टेष्ट गर्दा रिर्पाेट नेगेटिभ आएपछि घरमा कम्तिमा पनि एक हप्ता क्वारेन्टाइनमा बस्ने गरी जनप्रतिनिधि, स्वास्थ्यकर्मी, प्रहरी लगाएतको निगरानीमा रहने गरी उनीहरुलाई घर पठाएको उनले बताए । त्यसैगरी क्वारेटाइनमा आज १ जना ब्यक्तिलाई राखिएको छ । गत चैत ४ गते कतार एरलाइन्सबाट आएका तुलसीपुर ५ का ति ब्यक्तिलाई राखिएको उनले बताए ।

उनी कतारबाट आएपछि घोराहीमा आफ्न्तीको घरमा बस्दै आएका रहेछन्,‘ जनस्वास्थ्य निरिक्षक केसीले भने, पछि उनी तुलसीपुरमा भर्खरै आएर बसेको थाहाँ पाएपछि उनलाई क्वारेटाइनमा राखिएको हो ।’ अहिले क्वारेन्टाइनमा २१ ज्ना रहेको र उनीहरुको स्वास्थ्य अवस्था सामान्य रहेको उनले बताए ।

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार