• २०७७ मङ्सिर ९ गते मङ्गलवार

फेसबुकमा स्ट्याटस लेखि भ्रम सृजना गरेका युवक घोराहीमा पक्राउ

Author Logo..
अनलाइन राप्ती २०७७ बैशाख २ गते मङ्गलवार

घोराही, दाङमा फेसबुक स्टयाटस लेखि समुदायमा भ्रम सृजना गरेका घोराहीका दिपक न्यौपाने पक्राउ परेका छन् । घोराही उपमहानगरपालिका १५ का २८ बर्षिय दिपक न्यौपानेले मंगलवार बिहान करिब ८ बजेतिर दाङमा पनि एक जना कोरोना भाईरस (कोभीड १९)बाट संक्रमित एक ब्यक्ति भेटिएको भनी तथ्यहिन तथा समुदायमा भ्रामक बिवरण पोष्ट गरी डर त्रास फैलाउने काम गरेको भन्दै पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दाङका प्रबक्ता एवं प्रहरी नायव उपरीक्षक सुमीत खड्काले जानकारी दिए । उनमाथि आबश्यक अनुसन्धान शुरु गरिएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार