• २०७७ कार्तिक ६ गते बिहिवार

कैलालीकी संक्रमित महिलासँगै आएकी दाङकी महिलाको पहिचान, परिवारका ५ जना सहित आइसोलेसनमा

Author Logo..
अनलाइन राप्ती २०७७ बैशाख २ गते मङ्गलवार




दाङ, कैलालीमा संक्रमित महिलासँगै यात्रा गरेकी दाङकी महिलाको पहिचान भएको छ । कैलाली पुगेकी ६५ बर्षीया संक्रमित महिलासंगै एउटै गाडीमा यात्रा गरेकी घोराही उपमहानगरपालिका १४ गोरखा टोलकी एक महिला र उनका परिवारका थप ५ सदस्यलाई दाङको बेलझुण्डी आइसोलेनमा राखिएको छ । ती महिलाको पहिचान गरेर कोरोना विषेश अस्पतालमा सोमबार राती लगिएको दाङका प्रमुख जिल्ला अधिकारी गोविन्द प्रसाद रिजालले बताए ।

उनीसँगै उनका परिवारका ५ जनालाई पनि राखिएको छ । अहिले आइसोलेनमा रहेकाहरूमा घोराही उपमहानगर १४ का ६ जना, एक जना सिमेन्ट उद्योगमा कार्यरत रहेको र अरू २ जना राजपुर गाउँपालिकाको रहेका जिल्ला स्वास्थ्य कार्यालय कोभिड १९ फोकल पर्सन कमल चन्दले बताए ।

आइसोलेसनमा रहेका ९ जनाको स्वाब संकलन गरी कोरोना भए नभएको जाँचका लागि पठाउने तयारी भइरहेको उनले बताए ।



प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार