• २०७७ कार्तिक ४ गते मङ्गलवार

तुलसीपुरमा हिजो र आज गरी ३९ जनाले गरे रक्तदान

Author Logo..
अनलाइन राप्ती २०७७ बैशाख १ गते सोमवार




तुलसीपुर : दाङमा लगडाउनका कारण रक्तदानका कार्यक्रम हुन नसक्दा रगत अभाव भएको थियो । आइतवार रक्त सञ्चार केन्द्र तुलसीपुरमा ओ पोजेटिभ रगतको अभाव भएको थियो ।

रक्त सञ्चार केन्द्रमा ओ पोजेटिभ रगत अभाव भएको सामाजिक सञ्जाल फेसबुकमा खबर पोष्ट भए लगत्तै दाताहरुले आफै फोन गरेर आफुहरु रक्तदान गर्न ईच्छुक रहेको बताएका थिए ।

आइतबार र सोमबार २ दिनमा तुलसीपुरमा झण्डै ३९ जनाले रक्त दान गरेका छन् । सोमबार रोट्याक क्लव तुलसीपुरका प्रतिक केसी, प्रदिप केसी,रन्जन सिंह,सुनीता देवकोटा,प्रदिप गोराथोकी, किरण पुन, भिमलाल मरासीनी, सचिन पौड्ेल,

लक्ष्मण शर्मा,अर्जुन केसी, हरिस गिरी,भुवन केसी,प्रकास डाँगी र ईश्वर केसीले रक्तदान गरेका हुन् । सोमबार नै तुलसीपुर नगर जेसीजका पूर्णबहादुर डाँगी,शैलेन्द्र वली,बसन्त शाही ठकुरी, कृष्ण पोख्रेल,शिव न्यौपाने र मेघराज पोख्रेलले रक्तदान गरेका थिए ।

त्यसैगरी आइतवार व्यावसायि बिमल रिजाल र उहाँका छोरा रिषभ रिजाल, रोट्र्याक क्लबका सुरज रायमाझी,प्रबिण अधिकारी,बेगर केसी, बिनेश पाण्डे, महापुच्छ्रे बैंकका सुरज पुर्ण वली,प्रकाश तिमिल्सिना, दाह्री ग्याङका प्रकाश भण्डारी, द्रोर्ण बुढा मगर, संगीता रिजाल,अन्जु रिजाल, अजय रिजाल, देबिराम गोराथोकी, मदन खड्का र जेनिश योगीले रक्त दान गरेको रक्त सञ्चार केन्द्रले जनाएको छ ।

आईतवार रक्तदाताहरुले फोन गरेपछि घर घरमा गएर रगत कलेक्सन गरिएको थियो, भने सोमबार दिने रक्तदाताहरुले रक्त सञ्चार केन्द्रमा पुगेर ग्रुप अनुसारको रगत दान गरेको रेडक्रस दाङका प्रशासकिय अधिकृत बिश्राम अधिकारीले बताए । दाङमा घोराही र तुलसीपुरमा गरी महिनाको २÷३ सय युनिट रगत खपत हुने उनले बताए ।



प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार