• २०७७ कार्तिक ४ गते मङ्गलवार

दाङमा लकडाउन कायान्वयन गराउन बिहानै देखि प्रहरी परिचालन

Author Logo..
अनलाइन राप्ती २०७७ बैशाख १ गते सोमवार


शरद रेग्मी
दाङ ,१ बैशाख :
दाङमा लकडाउन उल्लघंन भएको गुनासो बढे सगैं सोमबार बिहानै देखि जिल्ला प्रहरी कार्यालय दाङले ठाउँ – ठाउँमा प्रहरी परिचालन गरेको छ । घोराही ,तुलसीपुर, लमही , भालुबाङ सहित गाउँ गाउँमा समेत सर्बसाधारणलाई घर भित्र बस्न अनुरोध गर्न एका बिहानै प्रहरी टोल टोलमा पुगेको छ ।

खाद्यान्नका पसलहरुमा देखिएको भिडभाड ब्यबस्थापन र सामाजिक दुरि कायम गर्न भन्दै ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रबक्ता इन्स्पेक्टर चक्र डम्मरपालको नेतृत्वमा चोक चोकमा प्रहरी तैनाथ गरेर गरेको हो । नागरिकहरुलाई अति आबश्यक काम बाहेक घरमै बस्न स्थानिय प्रशासनले बारम्बार अनुरोध गरेपनि अटेरी गरेर लकडाउनको उल्लंघन गरेको भन्दै प्रहरीले कडाई गर्नु परेको प्रबक्ता डम्मर पालले जानकारी दिए ।

कोरोना संक्रमण फैलिन नदिन र कोरोना रोगबाट बच्न सरकारले लागु गरेको लकडाउन उल्लघन गर्ने अधिकार कसैलाई नभएको भन्दै प्रहरीले सामान्य बल प्रयोग गरेर भएपनि सर्बसाधारणको स्वास्थ्य सुरक्षाकायम गर्नुपर्ने भन्दै बिहानको समयमा खुल्ला रहेका पसलहरु समेत बन्द गराएको थियो ।

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार