• २०७७ फाल्गुन २० गते बिहिवार

कोरोनाभाइरस बाट अमेरिकामा ज्यान गुमाउनेको संख्या २० हजार नाघ्यो

Author Logo..
अनलाइन राप्ती २०७६ चैत्र ३० गते आइतवार

एजेन्सी

काठमाडौं, ३० चैत : विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण अन्यदेशको भन्दा अमेरिकामा तीव्ररुपमा फैलिएको छ ।

अमेरिकामा पछिल्लो २४ घण्टामा १ हजार ८३० बढीले जनाले ज्यान गुमाएका छन् । योसँगै मृत्यु हुनेको संख्या २० हजार ५७७ पुगेको छ । अमेरिकामा एकैदिन ३० हजार ३५ जनामा संक्रमण देखिएसँगै संक्रमित हुनेको संख्या ५ लाख ३२ हजार ८७९ पुगेको छ ।

अमेरिकामा संक्रमितमध्ये ३० हजार ४५३ जना उपचारपछि घर फर्किएका छन् । ११ हजार ४७१ जनाको अवस्था भने गम्भीर रहेको छ ।
यसैबीच, विश्वव्यापी रुपमा कोरोना भाइरसका कारण हालसम्म १ लाख ८ हजार ७७० जनाले ज्यान गुमाएका छन् भने संक्रमितको संख्या १७ लाख ७९ हजार ९ सय भन्दा बढी रहेको छ । चीनको वुहानबाट शुरु भएको कोरोना संक्रमणको दर यूरोपियन मुलुक हुँदै पछिल्लो समय अमेरिकामा तीव्र देखिएको हो ।

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार