• २०७७ कार्तिक १२ गते बुधवार

शान्तिनगरलाई १० हजार सहित स्वास्थ्य सामग्री प्रदान

Author Logo..
अनलाइन राप्ती २०७६ चैत्र २९ गते शनिवार

शान्तिनगर, २९ चैत्त : उद्योग बाणिज्य संघ शान्तिनगर शाखा रंगैजाले सनिवार शान्तिनगर गाउँ पालिकाको कार्यालयलाई नगद १० हजार सहयोग प्रदान गरेको छ ।त्यसैगरी बाणिज्यसंघले मास्क ७० पिस , हेन्ड सेनिटाइजर ३५ पिस र साबुन १५ पिस हस्तान्तरण गरेको छ।उद्योग बाणिज्य संघ शान्तिनगर शाखा का अध्यक्ष ज्ञानेन्द्र राज शर्माले उक्त नगद सहितको सामाग्री शान्तिनगर गाउँ पालिकाका अध्यक्ष कमानसिंह डाँगीलाई हस्तान्तरण गरेका हुन् ।

लकडाउनका कारण दैनिकी ज्याला मजदुरी गरि खाने बर्गहर का लागि साझ बिहानको छाक टार्न मुस्किल परेकालाई गाउँ पालिकाले सहयोग गरिरहेको बेला बाणिज्य संघले थोरै भए पनि सहयोग गर्न पाउँद खुसी भएको अध्यक्ष शर्माले बताए ।

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार