• २०७७ मङ्सिर ११ गते बिहिवार

चिकित्सक संघ दाङले लकडाउनको समयमा कुनै पनि स्वास्थ्य समस्याको फोनबाटै समाधान गर्ने

Author Logo..
अनलाइन राप्ती २०७६ चैत्र २८ गते शुक्रवार

तुलसीपुर, २८ चैत : दाङमा नेपाल चिकित्सक संघ दाङले लकडाउनको समयमा कुनै पनि स्वास्थ्य समस्याको फोनबाटै विशेषज्ञ डाक्टरले समाधान गर्ने जनाएको छ । संघले शुक्रवार सूचना प्रकाशित गरेर विभिन्न विशेषज्ञ डाक्टरहरुको नाम र सम्पर्क नम्वर सार्वजनिक गरेको हो । लकडाउनको समयमा अतिआवश्यक काम बाहेक बाहिर निस्कन नमिल्ने भएकाले फोनबाटै सामान्य खालका विरामीलाई चेकजाँच गर्न सकियोस् भनेर यस्तो सेवा दिन लागिएको संघले सचिव डाक्टर विपी भुषालले बताए ।

संघले जनरल सर्जन, बालरोग, दाँत तथा मुख रोग, हाड तथा नशा रोग, प्रसुति तथा स्त्री रोग लगाएतका विभिन्न रोगका विरामीहरु वाहिर निस्कन नसकेको अवस्थामा डाक्टरलाई सोधेर विशेषज्ञ सेवा लिन सक्ने उनले बताए । शुक्रवारबाटै यस्तो सेवा आरम्भ भएको र तत्कालका लागि १७ जना डाक्टरको नाम सार्वजनिक गरिएको छ ।

जटिल प्रकृतिको वाहेक अन्यमा अस्पताल जान नमिल्ने भएकाले फोनबाटै सेवा दिन लागिएको पनि बताइएको छ । फोनबाट सेवा लिए बाफत कुनै पनि खालको शुल्क भने लाग्ने छैन ।

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार