• २०७७ कार्तिक १३ गते बिहिवार

लकडाउनको १८ औं दिन, तुलसीपुर आज विहान मानिसको भिडभाड (भिडियो सहित)

Author Logo..
अनलाइन राप्ती २०७६ चैत्र २८ गते शुक्रवार

तुलसीपुर, २८ चैत : सरकारले कोरोना संक्रमणको सर्तकताका लागि चैत ११ गतेदेखि लागु गरेको लकडाउनले मानिसको आवत जावत र भिडभाड पूर्णरुपमा रोक्ने उदेश्य छ । मानिसबाट मानिसमा संक्रमण हुने कोभिड १९ को ओखती नै प्रत्येक ब्यक्ति एकान्तबास नै हो ।

सरकारले राज्यकाक बिभिन्न निकायलाई यसको प्रभाकारिताका लागि आह्वान गरेको छ । ब्यापार ब्यबसाय देखि हरेक सेवाको योजनाबद्ध रुपमा सञ्चालन भईरहेका छन् । दाङका उद्योग बाणिज्य संघ मध्य तुलसीपुरले हप्ताको ३ दिन आइतबार,मंगलबार र शुक्रबार बिहान ६ देखि ९ सम्म दैनिक उपभोग्य बस्तु बिक्रिका लागि समय निर्धारण गरेको छ । घोराहीले घर घरमा पु¥याईदिने ब्यबस्था मिलाएको छ ।

तर शुक्रवार तुलसीपुरका बजारमा भने मान्छेको बाक्लो भिड देखियो । कोभिड १९ संक्रमणको त्रास यथावत छ । तर पनि बजारमा भिड देखिनुले थप संक्रमणको सम्भावना बढाएको तुलसीपुरका बिमल गौतमले बताए । पसलहरुमा उपभोक्ताहरुहरुको भिड लागेपछि सामाजिक दुरिको समेत पालना नभएपछि नागरिकहरु थप त्रसित बनेका छन ।


अति आबश्यक उपभोग्य बस्तुको खरिदका लागि प्रत्येक दिन पसल खोल्नु उपयुक्त हुनु तुलसीपुरका हरी केसीको सुझाब छ ।
हप्तामा ३ दिन खोल्दा धेरै भिडभाड हुने र भिडभाड हुदाँ झन त्रास हुने उनले बताए ।
बिग्रिसकेको अबस्था नभई सकेपनि अझै सर्तकता अपनाउनु पर्ने प्रमुख जिल्ला अधिकारी गोबिन्द प्रसाद रिजालले बताए । उनले भने , सबै नागरिकहरुलाई घर भित्रै बसेर लकडाउनको पुर्णरुपमा पालना गर्न पर्छ । सामाजिक दुरी कायम गरी अति आबश्यक बस्तु खरिद बिक्रि गर्ने ब्यबस्था मिलाउन उनले ब्यबसायिहरुलाई आग्रह गरेका छन् ।


ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रबक्ता चक्र डम्मरपालले बिहानको समयमा भिडभाड देखिएको बताए । बजारमा भिडभाड न्यूनिकरण गर्न गाँउघर तिर दैनिक उपभोग्य बस्तुको आपुर्ति हुन लागेको बताए ।
तुलसीपुर उपमहानगरपालिका र उद्योग बाणिज्य संघको सिफारिसमा शुक्रबारदेखि पहल थालिएको समेत बताए ।

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार