• २०७७ मङ्सिर ९ गते मङ्गलवार

राप्तीमा स्थानियतह प्रकोप ब्यवस्थापनमा निजि क्षेत्रबाट सहयोग

Author Logo..
अनलाइन राप्ती २०७६ चैत्र २७ गते बिहिवार


तिर्थराज ज्ञवाली
देउखुरी दाङ, २७ चैत :
कोरोना भाईरसको संक्रमण रोक्न सरकारले गरेको लकडाउनको तेस्रो चरणका कारण प्रभावित विपन्न वर्गका घरपरिवारलाई राहत सहयोग स्वरुप निजि क्षेत्रबाट दुई भाईले राहत रकम सहयोग गरेका छन् ।
राप्ती गाउँपालिकाको भालुवाङ बजार स्थीत न्यु राप्ती हार्डबेयरका सञ्चालकद्धय होम प्रसाद शर्मा र उनका भाई राम प्रसाद शर्माले स्थानियतह प्रकोप ब्यवस्थापन कोषमा रकम सहयोग गरेका हुन् ।

कोषमा १ लाख १ हजार रुपैयाको चेक हस्तान्तरण गरिएको राहत सहयोग गरेको दाता होम प्रसाद शर्माले बताए । उक्त चेक गाउँपालिका अध्यक्ष नुमानन्द सुवेदीलाई चेक हस्तान्तरण गरेका हुन् ।


विहिवार राहत रकम बुझ्दै राप्ती गाउँपालिका अध्यक्ष सुवेदीले अहिले सबै क्षेत्र एकजुट भएर कोरना कहरवाट बच्नु र बचाउनु गर्ने बेला भएकोले सबैले सहयोग गर्नु पर्ने बताए ।

त्यसै गरी गाउँपालिकाले कोषमा सहयोग गर्न चाहनेले गाउँपालिकाको बैक अफ काठमाण्डौ भालुवाङ शाखामा रहेको ग–७–२ स्थानिय तह प्रकोप ब्यवस्थापन कोषको खाता नं ०१५४०००००२६७५२४ मा नगद तथा गाउँपालिकामै आएर जिन्सी सामाग्री प्रदान गर्न समेत गाउँपालिकाले आब्हान गरेको छ ।

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार