• २०७७ मङ्सिर ११ गते बिहिवार

विजौरीमा करेन्ट लागेर एक जनाको मृत्यु

Author Logo..
अनलाइन राप्ती २०७६ चैत्र २७ गते बिहिवार


तुलसीपुर, २७ चैत : दाङको विजौरीमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । तुुलसीपुर उपमहानगरपालिका १८ बिजौरीका ३७ वर्षिय बलबहादुर थापाको मानपुरे कुलामा करेन्ट लगाएर माछा मार्ने क्रममा करेन्ट लागेर मृत्यु भएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रवक्ता प्रहरी निरीक्षक चक्र डम्बर पालले जानकारी दिए ।

बिहीवार बिहान करेन्ट लागेर घाईते भएका थापालाई उपचारकालागि राप्ती प्रादेशिक अस्पताल तुलसीपुर ल्याउदै गर्दा सवा १२ बजे मृत्यु भएको हो । कुलामा जोडेको विद्युतिय तार सर्ट भएका कारण करेन्ट लागेर मृत्यु भएको प्रवक्ता पालले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार