
दाङ, राप्ती नदिमा डुबेर एक जना युवाको मृत्यु भएको छ । लमही नगरपालिका ९ कोल्तरा निवासी २६ बर्षिय राजेश खड्काको राप्ती नदिमा डुबेर मृत्यु भएको छ । बुधबार अपरान्ह ४ बजे तिर राप्ती नदिमा नुहाउन गएको बेला डुबेर बेहोस भएका खड्काको लमही स्थित फ्लोरेन्स अस्पतालमा पु¥याए लगत्तै डाक्टरले मृत घोषणा गरेको इलाका प्रहरी कार्यालय अमिलियाका प्रहरी निरीक्षक खिम बहादुर घर्ती मगरले बताए । खड्का घर देखि आफ्नो भदै संग नुहाउन जान्छु भनेर गएका थिए । मृतक खड्काको एक श्रीमती ३ छोरी रहेका छन ।
अनलाइन राप्तिको युटुब च्यानल (Online Rapti) सब्सक्राइब गर्नुहोस् । हामी वास्तवीक, जानकारीमूलक र रोचक भिडियोहरु राख्ने गर्छौ ।
प्रतिक्रिया दिनुहोस