शान्तिनगर १ मा बुधबार ८० घरपरिवारलाई राहत वितरण

Author Logo..
अनलाइन राप्ती २०७६ चैत्र २६ गते बुधवार

शान्तिनगर, २६ चैत : कोरोना भाइरसका कारण नेपालमा लामो समय देखी लकडाउन भएपछि दाङका विभिन्न स्थानियतहहरुले आ आफ्ना वडाका अतिविपन्न तथा दैनिकी ज्याला मजदुरी गर्ने परिवारहरुलाई राहत दिदै आएका छन् ।

त्यसैगरी शान्तिनर गाउँपालिका वडा नम्बर १ ले राहत वितरणलाई निरन्तरता दिदै आएको छ । मंगलवा्देखी शुरु गरे राहत वितरणमा बुधवार वडाका विक क्षेत्र मानिने बर्दीकोट ,बाघमारा ,खज्जर,देबि डाँडा,बसिन्डाँडा आरुखुटी, सालघारी, कालापोखरा,कल्लेखारा,बान्द्रे खोला,तिनुखाराका अतिविपन्न तथा दैनिकी ज्याला मजदुरी गर्ने परिवारहरुलाई राहत वितरण गरेको वडाध्यक्ष जंग बहादुर पुनले बताए ।

वडाले अतिविपन्न, दैनिकी ज्याला मजदुरी गर्ने, अंपाग, एकल महिला जेष्ठ नागरिकका परिवारलाई राहत दिदै आएको समेत बताए । त्यसैगरी अहिले कोरोनाको कारण देशभर लकडाउन भएकाले दैनिकी ज्यालामा मजदुरी गर्ने , अंपाग, जेष्ठ नागरिक र अतिविपन्न परिवार भोकका कारणले मर्न नपरोस भनेर वडाले राहत दिएको समेत बताए ।

उनले चामल २५ किलो, दाल ४ किलो, तेल १ लिटर र नुन १ किलो प्रत्येक घर–घरमा गई दिदै आएको समेत बताए । वडाले करिब २५० घरपरिवारलाई राहत दिने समेत उनले बताए ।

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार