• २०७७ फाल्गुन २१ गते शुक्रवार

लुम्बिनी प्रादेशिक अस्पतालका ५ डाक्टर बर्खास्त

Author Logo..
अनलाइन राप्ती २०७६ चैत्र २६ गते बुधवार

बुटवल, २६ चैत्र : प्रदेश ५ सरकारको सामाजिक विकास मन्त्रालयले कोरोनाको महामारीको संकटमा पनि अस्पताल नजाने चिकित्कहरुलाई कारवाही प्रकृया शुरु गरेको हो । मन्त्रालयले लुम्बिनी प्रादेशिक अस्पतालबाट कारवाहीको शुरु गरेको छ ।


लुम्बिनी प्रादेशीक अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डाक्टर राजेन्द्र खनालका आनुसार विना सुचना अस्पतालमा उपस्थित नभएका ५ जना चिकित्सकहरुलाई कारवाही स्वरुप सेवाबाट हटाईएको छ । रेडियोलोजी विभागमा कार्यरत डा. बरदान वली र डा. तारा प्रसाद शर्मा, इएनटी विभागका डा. प्रकाश न्यौपाने, युरो सर्जन डा. सुवासचन्द्र चौधरी, आकस्मीक विभागमा कार्यरत डा प्रकृती कार्कीलाई सेवाबाट हटाईएको मेसु डा. खनालले जानकारी दिए ।

उनिहरु अस्पताल प्रशासनलाई जानकारी नदिई सेवामा उनुपस्थित भएका कारण हटाईएको उनले बताए । हटाईएका चिकित्सकहरु करारमा नियुक्त भएका चिकित्सकहरु हुन । सामाजिक विकास मन्त्री सुदर्शन बरालले महामारीको वेलामा पनि सेवामा नखटिने चिकित्सकहरुलाई कारवाही गर्न निर्देशन दिएपछि उनीहरुलाई हटाईएको अस्पताल प्रशासनले जनाएको छ ।

मन्त्री बरालले सुत्केरी विदा, काज क्रिया विदा र विरामी विदा वाहेकका विदा स्वीकृत नगर्न र विना जानकारी सेवामा अनुपस्थित हुने चिकित्सक कर्मचारीहरुलाई हटाउन निर्देशन दिएका थिए ।

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार