• २०७७ कार्तिक १३ गते बिहिवार

मरासिनीद्धारा स्वास्थ्य सामाग्री वितरण

Author Logo..
अनलाइन राप्ती २०७६ चैत्र २६ गते बुधवार


तिर्थराज ज्ञवाली
भालुबाङ, २६ चैत :
दाङ जिल्ला राप्ती गाउँपालिकाको भालुबाङमा रहेको ईन्द्रेणी युवा क्लबका अध्यक्ष भिम बहादुर मरासिनीले कोरना भाईरसबाट बचौ र बचाऔ भन्ने उदेश्यका साथ प्रमुख जोखीममा रहेको स्वास्थ्य चौकी, प्रहरी गण, प्रहरी कार्यालयहरुलाई स्वास्थ्य सामाग्री उपलब्ध गराएका छन् ।
अध्यक्ष मरासिनीले लालमटिया स्वास्थ्य चौकी भालुबाङ, सिसहनिया स्वास्थ्य चौकीलाई विरामी चेकजाच गर्न सहजता तथा कोरना भाईरसको जोखीम बाट केहिहद सम्म सुरक्षाको लागि लुज ग्लोब, सर्जिकल ग्लोब, सर्जिकल मास्क, सेनेटाइजर र हात धुने साबुन उपलब्ध गराएका छन् ।
लालमटिया स्वास्थ्य चौकी भालुबाङ इन्चार्ज श्री गिर बहादुर पौडेल र सिसहनिया स्वास्थ्य चौकी सिसहनियाका प्रमुख धन बहादुर खड्कालाई उनले सामाग्री उपलब्ध गराए ।


कोबिड १९ को यस बिपद्को घडीमा समस्त राप्ती गाँउपालिका बासीहरु प्रति स्थानीय सरकारको स्वास्थ्य सुरक्षा रणनीतिलाई पालना गर्ने , सुरक्षामा खट्ने सुरक्षा कर्मीको सुरक्षाको लागि समेत अध्यक्ष मरासिनीले र्इलाका प्रहरी कार्यालय भालुवाङ, ट्राफिक प्रहरी कार्यालय भालुबाङ, सशस्त्र प्रहरी गण भालुबाङलाई समेत सेनेटाइजर र हात धुने साबुन उपलब्ध गराएका थिए ।

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार