• २०७७ कार्तिक ६ गते बिहिवार

भारतमा कोरोना भाइरसले ज्यान गुमाउनेको संख्या १५० पुग्यो

Author Logo..
अनलाइन राप्ती २०७६ चैत्र २६ गते बुधवार

एजेन्सी

 काठमाडौं, २६ चैत : विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण भारतमा पनि बढ्दो रुपमा देखिएको छ ।

भारतमा पछिल्लो २४ घण्टामा १४ जनाले ज्यान गुमाएसँगै मृत्यु हुनेको संख्या १५० पुगेको छ । भारतमा एकैदिन ५ सय ३३ जनामा संक्रमण देखिएसँगै संक्रमित हुनेको संख्या ५ हजार ३३१ पुगेको छ ।

भारतमा संक्रमितमध्ये ४२१ जना उपचारपछि निको भएका छन् । ४ हजार ७७० जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार