• २०७७ मङ्सिर ९ गते मङ्गलवार

शान्तिनगर १ मा आज ९० घरपरिवारलाई राहत वितरण

Author Logo..
अनलाइन राप्ती २०७६ चैत्र २५ गते मङ्गलवार

शान्तिनगर, २५ चैत : शान्तिनगर गाउँपालिका वडा नम्बर १ ले मंगलवार वडाका विभिन्न स्थानमा राहत वितरण गरेको छ । मंगलवारदेखी शुरु भएको राहत वितरण कार्यक्रममा पहिलो दिन वडाको अति विकट क्षेत्र मानिने हल्दे , पेदिखोला, हारीचार र बाँज बिसाउनाका ९० घरपरिवारलाई राहत वितरण गरिएको वडाध्यक्ष जंग बहादुर पुनले बताए ।

वडाका अतिविपन्न, दैनिकी ज्याला मजदुरी गर्ने र अंपाग एकल महिलाहरुलाई वडाले राहत वितरण गरेको उनले बताए । आज वितरण गरेका ठाउँ अति विकट क्षेत्र हुन्, उनले भने,‘ हामीले ट्याक्टरमा राहत ढुवानी गरि घर घरमा पुगी वितरण गरेका छौँ ।

’ वडाले प्रति परिवारलाई २५ किलो चालम, ४ किलो दाल, १ किलो ननु र १ लिटर तेल राहत स्वरुप दिएको समेत वडाध्यक्ष पुनले बताए । त्यसैगरी उनले वडाले २५० घरपरिवारलाई राहत विरण गर्ने समेत बताए ।

त्यसैगरी वडामा अहिले सम्म भारत तथा तेस्रो मुलकबाट आएका ब्यक्तिहरुलाई कुनै पनि समस्या नदेखिएको र यदि अब कुनै ब्यक्ति आएमा शान्तिनगर ३ मा रहेको विपी मावि बयालेको क्वारेन्टाइनमा राखिने समेत बताए । त्यसैगरी कोरोना भाइरसबाट बच्नको लागी सबै वडाबासीलाई साबधानी अपनाउन समेत आग्रह गरेका छन् ।

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार