लकडाउनका कारण हजारौँ कामदार समस्यामा

अनलाइन राप्ती | 7:17 PM


शरद रेग्मी
तुलसीपुर,
सरकारले लागु गरेको लकडाउनका कारण जिल्लाका उद्योगहरुमा रहेका हजारौं कामदारहरु समस्यामा परेका छन् । लकडाउन सुरु भए लगत्तै स्थानिय प्रशासनले आवत जावतमा कडाई गरेपछि जिल्लाका अधिकाश उद्योगहरु बन्द हुने अबस्थामा पुगेका छन् ।

३ वटा सिमेन्ट उद्योग र दर्जनौ ईट्टा उद्योगहरुमा अधिकाश कामहारहरु भारतिय मुलुकका रहेका छन् । लकडाउनको समयमा भारतिय मुलुकका कामदारहरु समुहमा काम गरिरहेको सुचना प्राप्त भएपछि मगलबार प्रमुख जिल्ला अधिकारी गोबिन्द प्रसाद रिजालको नेतृत्वमा केहि उद्योगहरुमा अनुगमन समेत गरिएको छ । उद्योग अनुगमनका क्रममा प्रमुख जिल्ला अधिकारी रिजालले कामदारहरुलाई अनिबार्य मास्क र उनीहरुको ब्यक्तिगत सुरक्षामा ध्यान दिन उद्योग संचालकहरु अनुरोध गरे ।


त्यसैगरी उनले भारतिय कामदारहरुलाई उद्योग भन्दा बाहिर निस्कन नदिन समेत आग्रह गरे । लकडाउन अन्त्य नहुदाँ सम्म कामदारहरुलाई उद्योग भित्रै खानपिनको ब्यबस्था मिलाउन उद्योग संचालकहरुलाई उनले आग्रह गरे ।


त्यसैगरी लकडाउनको उल्लघंन गर्ने जो कोहिलाई पनि प्रहरीले कार्बा्हि गर्ने जिल्ला प्रहरी प्रमुख जनक प्रसाद भट्टराईले बताए । उनले यो आफ्नै सुरक्षाका लागि हो कसैले पनि अटेरी गरेर कानुनी कारबाही गर्न समेत बताऐ ।


यता उद्योग संचालकहरुले भने आफुहरुले मजदुरहरुलाई उद्योग भित्र नै खाद्यन्नको ब्यवस्था मिलाएको बताएका छन् । तुलसीपुरमा रहेको जेके ईट्टा उद्योगका संचालक सुनिल केसीले उद्योगमा काम गर्ने मजदुरहरुलाई खाद्यान्न लगाएत अन्य कुराको ब्यवस्था उद्योगले गरिदिएको बताए ।

प्रतिक्रिया दिनुहोस्