• २०७७ कार्तिक १३ गते बिहिवार

शान्तिनगर २ ले राहत वितरण गर्दै, ९० घरपरिवारलाई राहत दिने

Author Logo..
अनलाइन राप्ती २०७६ चैत्र २५ गते मङ्गलवार

कल्पना डाँगी

शान्तिनगर, शान्तिनगर गाउँपालिका वडा नम्बर २ ले राहत वितरण शुरु गरेको छ । वडाले मंगलवार वडा नम्बर २ को अमुवामा ४१ घर परिवारलाई राहत वितरण गरेको छ । अतिविपन्न तथा दैनिकी ज्याला मजदुरी गर्ने परिवार र ७० बर्ष माथी जेष्ठ नागरिकहरुलाई राहत वितरण गरेको वडाध्यक्ष फर्साराम डाँगीले बताए । वडाले सर्बदलिय बैकठ राखि वडा भित्रका ९० घर परिवारलाई वितरण गर्ने निर्यण अनुसार

नै राहत वितरण गर्न लागेको उनले बताए । प्रति घरपरिवारलाई २५ किलो चामल, ४ किलो दाल, १ किलो ननु र १ लिटर तेल वितरण गरेको उनले बताए । त्यसैगरी उनले कोरोना भाइरसबाट बच्नको लागी सबै वडाबासीहरुलाई आग्रह गरेका छन् । त्यसैगरी उनले वडामा भारत तथा तेस्रो मुलुकबाट आएका ब्यक्तिहरु्रलाई क्वारेन्टाइनमा बसी दिन समेत आग्रह गरेका छन् ।

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार