• २०७७ कार्तिक १२ गते बुधवार

एन प्याव्सन तुलसीपुरद्वारा १ लाख वढि आर्थिक सहयोग

Author Logo..
अनलाइन राप्ती २०७६ चैत्र २५ गते मङ्गलवार


तुलसीपुर २५ चैत्र : एन प्याब्सन तुलसीपुरले कोरोना भाईरसबाट समस्यामा परेका नगरवासीहरुको सहज जीवन यापनका लागि र १ लाख वढि आर्थिक सहयोग गरेको छ ।

एन प्याव्सन तुलसीपुरले आफ्ना सदस्य विद्यालयहरुवाट संकलन गरेको नगद एकलाख एक हजार एक सय एक रुपैया सहयोग मंगवार तुलसीपुर नगर अध्यक्ष शालिकराम कार्कीले तुलसीपुर उपमहानगरपालिकाका मेयर घनश्याम पाण्डेलाई हस्ताणतरण गरेका हुन् ।

उक्त सहयोग रकमले नगरमा रहेका गरिव तथा विपन्न परिवारको जीवन यापनमा सहजता आउने अपेक्षा एन प्याव्सनले लिएको छ ।

उक्त अवसरमा बोल्दै मेयर पाण्डेले सहयोग रकमले कोरोना भाईरसले गर्दा लकडाउनमा परि समस्यामा परेका नगरवासिहरुको समस्या समाधानमा सहयोग पुग्ने भन्दै धन्यवाद प्रकट गरे ।

सो अवसरमा एन प्याव्सनका केन्द्रीय सदस्य प्रबाश कुमार शर्मा , दाङ जिल्ला अध्यक्ष विमल गौतम , उपाध्यक्ष भोजराज न्यौपाने लगायतको सहभागिता रहेको थियो ।।

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार