• २०७७ कार्तिक ४ गते मङ्गलवार

कुटपिट गरेर दाइको हत्या गर्ने भाई पक्राउ

Author Logo..
अनलाइन राप्ती २०७६ चैत्र २५ गते मङ्गलवार


दाङ, दाङमा केहि दिन अघि कुटपिट गरेर आफ्नै दाईको हत्या गरेको आरोपमा एक ब्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । राजपुर गाउँपालिका १ रसरी खोला निवासी २४ वर्षीय जसराम कामीलाई प्रहरीले पक्राउ गरेको हो ।

उनलाई आफ्नै ३२ वर्षीय दाई प्रेम कामीलाई कुटपिट गरेर हत्या गरेको आरोप लागेको छ । कुटपिटबाट गम्भीर घाइते भएका प्रेमको उपचारका क्रममा यहि चैत २० गते मृत्यु भएको हो । उनले चैत १९ गते चिरुवा दाउराले हान्दा दाई गम्मिर घाईते भएका थिए । दाजुको हत्या गरेर भाई जसराम फरार भएका थिए ।

हत्याको अभियोग लागेका भाईलाई खेतमा रहेको मसुराको भुसमा लुकेर बसेको अवस्थामा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ । उनलाई ईलाका प्रहरी कार्यालय गढवामा ल्याई थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार