• २०७७ कार्तिक ११ गते मङ्गलवार

बैशाख ३ सम्म लकडाउन लम्ब्याउने सरकारको निर्णय

Author Logo..
अनलाइन राप्ती २०७६ चैत्र २४ गते सोमवार

काठमाडौं, २४ चैत : सरकारले जारी लकडाउनलाई वैशाख ३ गतेसम्म थप गर्ने निर्णय गरेको छ । सोमबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले लकडाउन थप गर्ने निर्णय गरेको हो ।

कोरोना भाइरस संक्रमण बढ्न नदिन सरकारले पहिलोपटक चैत ११ गतेदेखि १८ गतेसम्म देशलाई लकडाउन गर्ने घोषणा गरेको थियो । त्यसलाई निरन्तरता दिदै सरकारले दोस्रोपटक १७ गते चैत २५ गतेसम्म लकडाउन थप्ने निर्णय गरेको थियो । मंगलबार त्यो अवधि सकिने भएपछि सरकारले सोमबारनै बैशाख ३ गतेसम्म लकडाउन थप गर्ने निर्णय गरेको हो।

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार