• २०७७ कार्तिक ६ गते बिहिवार

दाङ उवासंघद्धारा स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई पि पि र्ई हस्तान्तरण

Author Logo..
अनलाइन राप्ती २०७६ चैत्र २४ गते सोमवार


घोराही, २४ चैत : दाङ जिल्ला उद्योग वाणिज्य संघले राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई ५० थान पि पि र्ई हस्तान्तरण गरेको छ । स्वास्थ्यकर्मीहरुको मनोवल उच्च वनाउनका लागी पि पि र्ई प्रदान गरिएको संघका अध्यक्ष नारायण प्रसाद भुसालले जानकारी दिए ।

नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय अध्यक्ष एवम राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका सिनेट सदस्य भवानी राणाले प्रदान गरेको १२ वोरा चामल, ३ वोरा चना, ३ पेटी अण्डा, र सिनेट सदस्य तथा पुर्व आर्ई जि पी नवराज ढकालले प्रदान गरेको १ हजार पिस मास्क प्रदान गरिएको संघका महासचिव नरेश कार्कीले जानकारी दिएका छन् ।

सामाग्री वुझदै राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका उप कुलपति डा. संगिता भण्डारीले सवैको सहयोगले नै अगाडि वढने बतार्इन् । सामाग्रीको समन्वय गरि दिएकोमा उद्योग वाणिज्य संघलाई धन्यावद समेत दिएकी थिइन् । सवै मिलेर सामाग्री जुटाउन लाग्नु पर्ने उनको भनाइ रहेको छ ।

यसैविच दाङ जिल्ला उद्योग वाणिज्य संघले नेपाल पत्रकार महासंघलाई १ सय पिस मेडिकल मास्क प्रदान गरेको छ । संघका अध्यक्ष भुसालले नेपाल पत्रकार महासंघ दाङ शाखा अध्यक्ष सविन प्रियासनलाई प्रदान गरेको संघका कोषाध्यक्ष शुसिल पोख्रेलले जानकारी दिएका छन् ।

त्यसैगरी वाणिज्य संघले लकडाउनको अवसरमा सुरु गरेको होम डेलिभरी सेवाको वारेमा अनुगमन जारी राखेको छ । अनुगमनमा संघले तोकेको मुल्य भन्दा वढी मुल्य लिएको नलिएको, सामान खरिद गर्दा दुरी कायम गरे नगरेको वारेमा अनुगमनमा हेरीएको संघका वाणिज्य उपाध्यक्ष टंकसिंह वुढाथोकीले जानकारी दिए ।

अनुगमनमा कतियले वढी मुल्यमा विक्री गरेको पाए पछि उनीहरुलाइ कारवाही समेत गरिएको उनले बताए । अनुगमनमा संघका सदस्यहरु रामप्रसाद पोख्रेल, महेन्द्र वुढाथोकी लगाएतको टोली गाऊ गाऊ सम्म पुगेर अनुगमन गरि रहेको छन् ।

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार