बंगलाचुलीका जनप्रतिनिधि,स्वास्थ्यकर्मी जनताको स्वास्थ्य बुझ्न घर–घरमा

Author Logo..
अनलाइन राप्ती २०७६ चैत्र २४ गते सोमवार


दाङ ,२४ चैत : दाङको बंगलाचुली गाउँपालिकाले जनताको स्वास्थ्य अवस्था बुझ्ने कामको थालनी गरेको छ । कोरोना भाईरसले विश्व आतंकीत पारीरहेको वेला गाउँपालिका अध्यक्ष ,वडा अध्यक्ष र स्वास्थ्यकर्मी सहीतको टोली गाउँपालिकाबासीको टोल,वस्तीमा पुगेर उनीहरुको स्वास्थ्य अवस्थाको जानकारी लिने कामको सुरुवात गरेको हो ।

गाउँपालिकामा भारतबाट आएका स्थानियको संख्य धेरै रहेको र उनीहरुको स्वास्थ्य अवस्था कस्तो छ, भन्ने कुराको जानकारी राख्नका लागि यस्तो कामको सुरुवात गरेको गाउँपालिका अध्यक्ष भक्त बहादुर वलीले बताए ।गाउँपालिकाले सोमबार वडा नं.७ र ८ को विभिन्न बस्तीमा पुगेर त्यहाँका जनताको स्वास्थ्य अवस्थाको जानकारी लिएको हो ।

सो अवसरमा गाउँमा जनताको स्वास्थ्य अवस्था सामान्यनै रहेको पाईएको गाउँपालिका अध्यक्ष वलीले बताए । वडा नं. ७ र ८ को विभिन्न वस्ती टोलहरुमा पुगेर त्यहाँको स्वास्थ्य अवस्थाको जानकारी लिने काम गरेको भन्दै उनले अहिले सम्मम कही कतै कसैलाई पनि स्वास्थ्यमा समस्या नरहेको पाईयो बताए त्यसैगरी गाउँपालिकाले दुई जनालाई क्वारेनटाईनमा राखेको छ । गाउँपालिकाको वडा नं.४ झुलीडाँडामा रहेको क्वारेनटाईनमा भारतको आएका दुई जनालाई सोमबार राखेको हो ।

गाउँपालिकाको वडा नं. ३ लेखतापाका एक ४९ वर्षका पुरुष र अर्का सोही वडाका २४ वर्षका युवालाई क्वारेनटाईनमा राखीएको गाउँपालिका अध्यक्ष वलीले जानकारी दिए । भारतको आग्राबाट विभिन्न सवारी साधन तथा पैदल हुँदै यही चैत्र १५ गते उनीहरु घरमा पुगेका थिए ।

भारतबाट आएका दुवै जनाको स्वास्थ्यमा कुनै समस्या नभए पनि उनीहरुबाट अन्य समुदायलाई कोरोनाको जोखिम नहोस् भन्ने हेतुले गाउँपालिकाले स्थापना गरेको क्वारेनटाईनमा राखिएको अध्यक्ष वलीले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार