• २०७७ कार्तिक ६ गते बिहिवार

शान्तिनगर २ ले वडामा भित्रिने सम्पूर्ण नाका बन्द ग¥र्याे : वडाध्यक्ष डाँगी

Author Logo..
अनलाइन राप्ती २०७६ चैत्र २३ गते आइतवार


कल्पना डाँगी
शान्तिनगर,
दाङको शान्तिनगर गाउँपालिका वडा नम्बर २ ले वडा भित्र भित्रिने सम्पूर्ण नाकाहरु आइतबार देखी बन्द गरेको जनाएको छ । कोरोना भाइरस ( कोभिड १९)बाट बच्नको लागी पछिल्लो समय सरकारले लकडाउनलाई कडाईका साथ अगाडी बढाएको बेला आफुहरुले पनि वडामा भित्रिने सम्पुर्ण नाकाहरु बन्द गरेको वडाध्यक्ष फर्साराम डाँगीले बताए ।

त्यसैगरी गाउँपालिकाले विभिन्न वडाका अतिविपन्न परिवार, दैनिकी ज्याला मजदुरी गर्ने र ७० बर्षमाथी जेष्ठ नागरिकका परिवारहरुलाई राहत दिने भएकाले आफुहरुले पनि आफ्नो वडामा एकद्धार प्रणालीबाट राहत वितरण गर्ने समेत बताए । एक घर परिवारलाई २५ किलो चामल, दाल,तेल लगाएतको राहत वितरण गर्ने समेत उनले बताए ।

त्यसैगरी अहिले करिब २ हप्ता अगाडी भारत वडामा करिब २०÷२२ जना आएको र उनीहरुलाई वडाध्यक्ष, स्वास्थ्यकर्मी र सुरक्षाकर्मीको निगरानीमा होम क्वारेन्टाइनमा बसालेको उनले बताए । अहिले सम्म आएका मध्य कुनैलाई समस्या नदेखिएको वडाध्यक्ष डाँगीले बताए ।

त्यसैगरी उनले अब भारत वा तेस्रो मुलकबाट आउनेलाई सिधै क्वारेन्टाइनमा राखिने समेत बताए । त्यसैगरी उनले सम्पूर्ण वडाबासीहरुलाई लकडाउनको पालना गरी कोरोना भाइरसबाट बच्न समेत आग्रह गरेका छन् ।

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार