• २०७७ कार्तिक १२ गते बुधवार

नेपाल कोरोना संक्रमणको दोस्रो चरणमा प्रवेश : स्वास्थ्य मन्त्रालय

Author Logo..
अनलाइन राप्ती २०७६ चैत्र २२ गते शनिवार

काठमाडौं, २२ चैत : नेपालमा कोरोना भाइरसको संक्रमण स्थानीयमा पनि फैलिएको छ । शनिबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डाक्टर विकास देवकोटाले नेपालमा थप ३ जनामा कोरोना संक्रमण पोजेटिभ दिएको र पहिलो पटक कोरोना संक्रमण स्थानीयमा फैलिएको पुष्टि गरे ।

यो विदेशबाट आएका नेपालीबाट स्थानीयमा सरेको पहिलो घटना हो । यसअघि विदेशबाट आएका मानिसमा मात्रै कोरोना संक्रमण देखिदै आएको थियो । उनले कैलाली र कञ्चनपुरको क्वारेन्टाईनमा बसेका ३४ बर्षिया महिला, २१ बर्षिय पुरुष, र ४१ बर्षिय पुरुषमा कोरोना पोजिटिभ देखिएको बताए ।

नमुना परीक्षण पोजेटिभ देखिएपछि तीनै जनालाई धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा लगिएको पनि उनले बताए । दुवै पुरुष भारतबाट आएका हुन् । महिला संक्रमित एकजना संक्रमितको परिवारको सदस्य भएको उनले बताए ।

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार