
शरद रेग्मी
तुलसीपुर, बिश्वब्यापी महामारीकोरुपमा फैलिएको कोरोना भाईरस (कोभिड १९) नियन्त्रण गर्न सरकार लागि परेको सन्दर्भमा स्थानीय प्रसासनले पनि कडाइका गर्न थालेको छ । जिल्ला प्रसासन कार्यालय दाङले दाङका सबै शहरहरुमा लकडाउन पुर्णरुपमा कार्यान्वयन गराउन सबै प्रहरी युनिटहरुलाई परिचालन गरिसकेको छ ।
बिहान र साझ ५ बजेपछि पनि कसैलाई घरबाट बाहिर ननिस्कन पुनः अपिल गरेको छ । स्थानीय स्तरमा खाद्यान्नका पसलहरु समेत पुर्णरुपमा बन्द गर्न आब्हान गरेको छ ।
नागरिकको स्वास्थ सुरक्षालाई मध्यनजर गर्दै अति आबश्यक भन्दा अरु काममा घर बाहिर निस्कन रोक लगाएको प्रमुख जिल्ला अधिकारी गोबिन्द प्रसाद रिजालले जानकारी दिए ।
हामीले जिल्लाबासीको सुरक्षालाई मध्यनजर गर्दै उच्च सतर्कता अपनाउन सबै तह र तप्कालाई परिचालन गरिरहेका छौ, उनले भने,‘ तर प्रसासनलाई नागरिकले घरभित्र बसेर सहयोग गर्नु पर्यो । कोरोना नियन्त्रण गर्ने अभियानमा आजसम्म सबैको भुमिका महत्वपूर्ण छ, तर भोलि आउन सक्ने भयावह परिस्थितिलाई पनि हाीले समयमै आकलन गर्नुपर्छ । ’
लकडाउन लागु भएको ११ औं दिन सम्म पनि नागरिकहरु साझ र बिहानको समयमा घरबाहिर आवत जावत गर्ने काम नरोकिएको व्यापक जनगुणासो बढेपछि स्थानीय प्रसासनले जिल्लाको घोराहि,तुलसीपुर,लमही , भालुबाङ र गाउँमा पनि नागरिकलाई आवत जावत र हिडडुल गर्न पुर्णरुपमा रोक लगाईएको प्रशासनले जनाएको छ ।
स्थानीय प्रसाशनको अनुमति बिना लकडाउन उल्लङ्घन गर्ने जोकोहि नागरिकलाई पनि स्थानीय प्रसाशनले कानुन अनुसार कार्बा्हि गर्ने पनि बताईएको छ ।
लकडाउन पुर्णरुपमा कार्यान्वयन गराउन खाद्यान्न,तरकारी ,डेरि पसल समेत पुर्णतः बन्द गर्न सबैलाई आब्हान गरिएको छ ।
तुलसीपुरमा हप्ताको ३ दिनमा खाद्यान्न पसलहरु खोल्ने निर्णय

यता तुलसीपुरमा शनिवार बिहान भएको छलफल र विभिन्न निकायसंघको टेलिफोन सम्बादपछि स्थानीय प्रसासन,उपमहानगरपालिका र उद्योग बाणिज्य संघले तुलसीपुरमा सर्बसाधारणको स्वास्थ्य सुरक्षालाई मध्यनजर गर्दै हप्ताको ३ दिनमात्रै खाद्यान्न पसलहरु खोल्ने निर्णय गरेको तुलसीपुर उद्योग बाणिज्य संघका अध्यक्ष बिरबहादुर रावतले जानकारी दिए ।
अध्यक्ष रावतका अनुसार अबदेखि हप्तामा तिनदन आईतबार,मंगलबार र शुक्रबार बिहान ९ बजेसम्म मात्रै खाद्यान्न र अति आबश्यकका पसलहरु खोल्ने निर्णय गरेको हो ।