• २०७७ कार्तिक १३ गते बिहिवार

नेपालमा कोरोना संक्रमितको संख्या ९ पुग्यो

Author Logo..
अनलाइन राप्ती २०७६ चैत्र २२ गते शनिवार

काठमाडौं, २२ चैत : नेपालमा थप ३ जनामा कोरोना संक्रमण देखीएको छ । योसंगै नेपालमा कोरोना संक्रमितको संख्या ९ पुगेको छ । ती मध्ये ८ जना विदेशबाट फर्किएका छन, भने एकजना नेपालभित्रकै व्यक्ति हुन् ।

भारतको मुम्बईबाट फर्किएका कैलालीका २१ वर्षीय पुरुष, उत्तराखण्डबाट फर्किएका कञ्चनपुरका ४१ वर्षीय पुरुष र कैलालीकी ३४ वर्षीया महिलामा संक्रमण पुष्टी भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

कैलालीकी महिला यसअघि संक्रमित व्यक्तिका आफन्त हुन् । नेपालभित्र रहेका व्यक्तिमा भेटिएको यो पहिलो सक्रमण हो ।

मन्त्रालयले तीनै जनामा संक्रमण पुष्टी भएको जनाउँदै उनीहरुलाई क्वारेन्टाईनमा राखीएको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार