पोखरा । गण्डकी प्रदेशमा कोरोना भाइरसको आशङ्कामा सोमबार साँझसम्म ३२ वटा नमूना परीक्षणका लागि सङ्कलन गरिएकामा त्यसमध्ये २१ जनाको रिपोर्ट आइसकेको छ । त्यसमध्ये २० जनाको नेगेटिभ आएको छ भने एक जनाको पोजिटिभ रिपोर्ट आएको प्रदेश स्वास्थ्य निर्देशनालय पोखराका स्वास्थ्य शिक्षा प्रशिक्षक नवराज शर्माले जानकारी दिए । पोजिटिभ बागलुङकी एक युवतीमा देखिएको थियो । बाँकीको नतिजा आउन बाँकी रहेको छ ।
अनलाइन राप्तिको युटुब च्यानल (Online Rapti) सब्सक्राइब गर्नुहोस् । हामी वास्तवीक, जानकारीमूलक र रोचक भिडियोहरु राख्ने गर्छौ ।
प्रतिक्रिया दिनुहोस