१५ जनालाई क्वारेन्टाइनमा राख्ने तुलसीपुर १ को तयारी

Author Logo..
अनलाइन राप्ती २०७६ चैत्र १३ गते बिहिवार

तुलसीपुर उपमहागरपालिका वडा नं १ ले भारतको विभिन्न ठाउँबाट आएका १५ जनालाई क्वारेन्टाईनमा राख्ने तयारी गरेको छ ।
भारतको सिमला, चन्डीगढ, पञ्जाव लगाएतका स्थानबाट आएका उनिहरुलाई तुलसीपुर उपमहानगरपालिकासंग समन्वय गरेर लग्ने तयारी गरेको वडाध्यक्ष लक्ष्मण भण्डारीले जानकारी दिए ।

दुई जना भने नेपालगंजको क्वारेन्टाइनबाट भागेर आएको वडाले जानकारी दिएको छ ।

‘वडामा १५ जना आएका छन । उनिहरु आएको २ देखि ६ दिन जति भएको छ ,’ वडाध्यक्ष भण्डारीले भने–‘ उपमहानगरपालिकामा सबै बिबरण पठाएको छु । सम्भवतः भोलीसम्म बेलझुण्डीको कोरोना विशेष अस्पतालमा लग्छौ होला ।’

क्वारेन्टाइनमा बस्दासम्म वस्न, खान सबै व्यवस्था अस्पतालले गर्ने भएकाले कुनै अफठेरो मान्नु नपर्ने अध्यक्ष भण्डारीले बताए । आफु र अफनो परिवारको सुरक्षाका लागि पनि चेकजाँच अनिवार्य भएकाले कुनै संकोच नमान्न अध्यक्ष भण्डारीले आग्रह गरेका छन् ।

यसैविच वडा र पवननगर खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाको संयुक्त लगानीमा पत्येक घरघरमा सावुन र माक्स वितरण गरिएको छ ।

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार