हापुरे,
१२ चैत । पश्चिम दाङको बबई गाउँपालिकाले कोरोना भाइरसका सम्भावित विरामी र भारतलगायत बिभिन्न देशबाट आएकाहरुलाई आइसोलेसनमा राख्नको लागि ३० बेडको आईसोलेसन वार्ड तयार पारेको छ ।
गाउँपालिकाले हापुरेमा रहेको माबि पदमपुरमा ३० बेडको आईसोलेसन वार्ड निर्माण गरेको हो । भारत लगायत अन्य देशबाट आएकामा कारोना भाइरसको सम्भावित जोखिम हुने भएकाले आईसोलेसन वार्ड निर्माण गरिएको बबई गाउँपालिकाका स्वास्थ्य शाखा संयोजक हरी खड्काले बताए ।
आजदेखि सम्भावित विरामीलाई आइसोलेसन वार्डमा राखिने व्यवस्था मिलाईएको संयोजक खड्काले बताए। बाहिरबाट आएकालाई १४ दिनसम्म आईसोलेशनमा राखिने छ ।
अनलाइन राप्तिको युटुब च्यानल (Online Rapti) सब्सक्राइब गर्नुहोस् । हामी वास्तवीक, जानकारीमूलक र रोचक भिडियोहरु राख्ने गर्छौ ।
प्रतिक्रिया दिनुहोस