दैनिक उपभोग्य समानको अभाव हुन नदिन आग्रह

Author Logo..
अनलाइन राप्ती २०७६ चैत्र ८ गते शनिवार


शरद रेग्मी
तुलसीपुर, ८ चैत : तुलसीपुर उद्योग वाणिज्यसंघले बजारमा दैनिक उपभोग्यसामाग्रिहरुको अभाव हुन नदिन आम व्यवसायीहरुलाई आग्रह गरेको छ । विश्वभरीनै महामारीका रुपमा फैलिएको कोभिड—१९ को संक्रमणको समयमा बजारमा कालोबजारी समेतको संभावना रहेकाले कुनैपनि व्यापारीहरुले सामान लुकाएर कृतिम अभाव नगरीदिन पनि संघले आग्रह गरेको छ ।


संघका अध्यक्ष विर वहादुर रावत(विरु) र महासचिव रुप वहादुर खत्रीले एक विज्ञप्ती जारीगरी बजारमा दैनिक उपभोग्य सामाग्रिहरुको अभावहुन संघ सधै सचेत रहेको समेत जनाएको छ । साथै कहिकतै व्यापारीहरुले सामानको कृतिम अभाव गरेको पाइएमा कडा कारवाहि गर्ने पनि विज्ञप्तीमा उल्लेख गरिएको छ ।

बजारमै दैनिक उपभोग्य सामाग्रिहरुको अभाव हुने अवस्थामा प्रहरी प्रशासनको सहयोग लिएरैपनि विभिन्न भन्सार नाकाबाट सामान ल्याउन तुलसीपुर उद्योग वाणिज्यसंघले समन्वय गरीसकेको पनि विज्ञप्तीमा जनाइएको छ । त्यसैगरी विश्वव्यापी महामारीका रुपमा फैलिएको कोभिड—१९को संक्रमणबाट जोगिन आम व्यवसायीहरुलाइ बजार सरसफाइ र व्यक्तिगत सरसफाइमा पनि विशेष ध्यान दिन विज्ञप्तीमा आग्रह गरिएको छ ।


यदि कुनै व्यवसायीलाइ भवितव्य रुपमा कुनैपनि समस्या भए तुलसीपुर उद्योग वाणिज्यसंघले यस अघि र यस पटक सम्पन्न भएको मेलामा बचेको रकमबाट सुरु भएको राहत कोषबाट सहयोग गरीने पनि विज्ञप्तीमा जनाइएको छ ।


त्यसैगरी संघले कोरोना भाइरसका संक्रमितको पहिचान गर्न आवस्यक पर्ने उपचार सामाग्रिहरु तथा भौतिक संरचना निर्माणकालागी पनि स्थानिय सरकार, प्रदेश सरकार र संघिय सरकारको ध्यानाकर्षण समेत विज्ञप्ती मार्फत गराएको छ ।

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार