तुलसीपुर, जातिय बिभेद उन्मुलन दिवसको सन्र्दभमा दाङमा अन्तर संबाद कार्यक्रम गरिएको छ । २०६५ सालमा नेपाल जातिय छुवाछुत मुक्त घोषणा भईसकेको छ भने नेपालको संबिधान २०७२ को धारा २४ मा छुवाछुत बिरुद्धको ब्यबस्था गरेको छ ।
तर अझैपनि जातिय छुवाछुतका घटनाहरु भईरहेकाले यसलाई उन्मुलन गर्न अभियानहरु सञ्चालन भई रहेका छन् । मार्च २१ लाई जातिय छुवाछुत बिरुद्धको दिवसको रुपमा मनाउने गरिन्छ । दिवसको सन्र्दभमा भएको अन्तर संबाद कार्यक्रममा तुलसीपुर उपमहानगरपालिकाका प्रमुख घनश्याम पाण्डेले जातिय बिभेद उन्मुलनका लागि कानुन निर्माण,आर्थिक सम्बृद्धि र सामाजिक रुपान्तरणबाट एकसाथ भईरहेको बताए ।
त्यसैगरी ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरिक्षक चक्र डम्वरपालले जातिय बिभेदका सवालमा हाल सम्म एक वटा पनि उजुरी दर्ता नभएको जानकारी दिए । तर अन्य घटनामा दलीत समूदाय पीडित र पीडक भएका तथ्यांक मार्फत जानकारी गराए । त्यसैगरी कार्यक्रममा अधिबक्ता मोहन धितालले कानून कार्यान्वयन अन्त्य फितलो भएको बताए ।
थुप्रै कानून र नियम बनेका छन् तर कार्यान्वयन हुुदैनन्,उनले भने । त्यसैगरी दलित महिला अधिकारकर्मी युवा कराराले भोजभतेर,धारापानिमा घुमाउरो तरिकाले बिभेद हुने गरेको बताईन् ।
कानून बनेका छन्,तर समूदायमा पनि बिभेदको तरिकामा परिर्वतन गरिएको छ,उनले भनिन् ।
दलित अधिकार तथा सञ्चार अभियानका अध्यक्ष निर्मल नेपालीले जातिय बिभेदको सवाल दलितको मात्र नभई सबैको साझा नहुदा सम्म उन्मुलन हुन नसक्ने बताए ।
अव स्थानिय,प्रदेश र संघिय सरकारले कानून कार्यान्वयन,सचेतनमूलक कार्यक्रम र बर्गिय समाजको अन्त्य गर्नुपर्ने बताए । कार्यक्रमको सहजिकरण पत्रकार एंव अधिकारकर्मी सुशील बस्नेतले गरेका थिए ।