तुलसीपुर उपमहानगरका स्वास्थ्यकर्मीलाई हाईअलटमा रहन निर्देशन

Author Logo..
अनलाइन राप्ती २०७६ चैत्र ७ गते शुक्रवार


तुलसीपुर, तुलसीपुर उपमहानरपालिका भित्रका स्वार्थकमीहरुलाई हाइ अलेर्टमा रहन जनस्वास्थ्य प्रबर्धन शाखाले निर्देशन गरेको छ ।
शुक्रबार बसेकोे स्वास्थ्य संस्थाहरुको मासिक बैठकले सबै स्वास्थ्यकर्मीलाई कोरोना भाइरसको संक्रमण रोकथामका लागि अलर्ट भएर बस्न निर्देशन गरेको शाखाले जनाएको छ ।

शाखा प्रमुख ओम प्रकाश न्यौपानेको अध्यक्षतामा भएको बैठकले सबै स्वास्थ्य संस्थामा साबुन पानीले हात धुने ब्यबस्था मिलाउने , बिदा नबस्ने, काज क्रिया सुत्केरी बिदा बाहेक , अन्यको २४ सैं घण्टा फोन अनमा राख्ने , शंकास्पद बिरामी भेटिएमा तत्काल आइसोलेशनमा पठाउने निर्णय गरेको शाखाका जन स्वास्थ्य निरिक्षक बिमल केसीले बताए । त्यसैगरी दैनिक बिरामीको अपडेट स्वास्थ्य शाखामा गराउने,ज्वरो आएको बिरामीको निगरानी गर्ने , स्वास्थ्य संस्था स्तरीय मोबाइल रेस्पोन्स टिम गठन गर्ने र परिचालन हुने , महिला स्वास्थ्य स्वंमसेविका मार्फत जनचेतना अभियान संचालन गर्ने , पोस्टर बितरण गर्ने , स्वास्थयकर्मीहरुलाई सुरक्षाका सामग्री उपलब्ध गराउन पहल गर्ने जस्ता कार्य गर्न समेत उनले बताए ।

त्यसैगरी सबैलाई बिदा भएकोले स्वास्थ्यकर्मीहरु २४ सैं घण्टा खट्नु पर्ने र जोखिम पनि भएकोले थप सेवा सुबिधा बढाउन समेत पहल गर्न पालिकामा सिफारिस गर्ने निर्णय भएको केसीले बताए । बैठकको सहजीकरण शाखाका जन स्वास्थ्य निरिक्षक केसीले गरेका थिए ।

त्यसैगरी तुलसीपुर उपमहानगरपालिकाले ३ स्थानमा स्थापना गरेको कोरोना हेल्थडेक्समा शुक्रबार १७ सय ११ जनाको ज्वरो परिक्षण गर्दा कुनैलाई पनि केही नदेखिएको जनस्वास्थ्य निरिक्षक केसीले बताए । गत फागुन ३१ गतेदेखी स्थापना भएको हेल्थडेक्समा शुक्रबार सम्म ९ हजार ८७४ जनालाई ज्वरो परिक्षण गरिएको छ । तुलसीपुर १३ दमारगाउँ, तुलसीपुरमा रहेको एयरर्पाेट र तुलसीपुर उपमहानगरपालिकाबाट ज्वरो परिक्षण गर्ने गरेको उनले बताए ।

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार