
तुलसीपुर , तुलसीपुर उपमहानगरपालिकामा आगामी शैक्षिक सत्रबाट नमुना विद्यालय कार्यक्रम सञ्चालन हुने भएको छ । उपमहानगरपालिकाको ८२ औ वैठकले विद्यार्थी सख्ंया १ हजार भन्दा वढि रहेका माध्यमिक तहका सामुदायिक विद्यालयमा यस्तो कार्यक्रम सञ्चालन गर्ने भएको प्रवक्ता सुर्यवहादुर डाँगीले जानकारी दिएका छन् । उनका अनुसार नमुना कार्यक्रम सञ्चालन हुने विद्यालयका वारेमा विस्तृत कार्यविधि निर्माण गरिनेछ ।
वैठकमा राष्ट्रिय योजना आयोगले भने अनुसार उपमहानगरपालिकाको तिन वर्षिय योजना निर्माण गर्ने निर्णय गरेको छ । यसैगरी वालवालिका सम्वन्धि आचार संहिता समेत निर्माण गरिएको छ । आचार संहितामा बालबालिका, अभिभावक, विद्यालय , संघसंस्था तथा व्यापारी र स्थानीय तहले पालना गर्नुपर्ने कुरा उल्लेख गरिएको छ ।
वैठकमा आपतकालिन एवम् जोखिम अवस्थामा रहेका बालबालिकाको संरक्षणका लागि अल्पकालिन बालगृह सञ्चालन सम्वन्धि कार्यविधि टेवुल गरिएको थियो । वैठकले उपमहानगरपालिका भित्रबाट प्रदेश सांसद हुनुभएकोमा वधाई समेत ज्ञापन गरेको छ । कोरोना संक्रमणको प्रकोपका कारण कार्यपालिका वैठक २ सातासम्मका लागि स्थगित गरिएको छ ।